शीर्षकहरू

७५ रुपैयाँसम्म बढ्यो फलफूलको मूल्य, कुनको कति?

७५ रुपैयाँसम्म बढ्यो फलफूलको मूल्य, कुनको कति?

काठमाडौं । यस वर्ष अधिकांश फलफूलको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा यो वर्ष स्याउ, अंगुर , स्ट्रबेरी , मौसम, जुनारलगायत अधिकांश फलफूलको भाउ बढेको छ ।

स्ट्रबरीको भाउ सबैभन्दा बढी किलोमा ७५ रुपैयाँले बढेको छ । गत वर्ष ३५० रुपैयाँ किलो पर्ने स्ट्रबरीको मूल्य यस वर्ष ४२५ रुपैयाँ पुगेको छ ।

तुलनात्मक रुपमा धेरैजसो फलफूलको मूल्य वृद्धि भएता पनि भुइँकटरको मूल्य भने किलोमा ५५ रुपैयाँले घटेर ११० रुपैयाँ पुगेको छ । यस्तै केरा र हरियो तरबुजाको मूल्य पनि यस वर्ष बढेको छ । हाल केरा प्रतिदर्जन १३५ रुपैयाँ र हरियाे तरबुजा किलोकाे ४० रुपैयाँमा बिक्री भइरहेको समितिले जनाएको छ ।

कुन फलफूलमा कति मूल्य वृद्धि ?