आठ महिनामा निर्जीवन बीमा कम्पनीहरुले उठाए २६ अर्ब शुल्क

१४ चैत्र २०८०

cover image

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको चालू आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा २६ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क संकलन गरेका छन् । चालू आवको साउनदेखि फागुन मसान्तसम्ममा २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन् । यो शुल्क १९ लाख १६ हजार ६६६ बीमालेख बिक्री गरेर संकलन भएको हो ।   

नेपाल बीमा प्राधिकरणका अनुसार गत फागुन महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले २ लाख ४५ हजार ५६० वटा बीमालेख बिक्री गरेका हुन् ।  

फागुन महिनामा नेपाल इन्स्योरेन्स कम्पनीले १२ करोड ९ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । यो शुल्क १७ हजार ८६४ बीमालेख बिक्री गरेर आएको हो । त्यस्तै, यस अवधिमा दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले १२ करोड ९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले २८ करोड ८५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।  

यस अवधिमा नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले भने ६ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यस्तै, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले २४ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले ११ करोड ६८ लाख रुपैयाँ संकलन गरेको छ । 

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले ८२ करोड ३० लाख रुपैयाँ, एनएलजी इन्स्यारेन्स कम्पनीले १८ करोड ४७ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्यारेन्स कम्पनीले २२ करोड ३ लाख रुपैयाँ र सानिमा जिआईसी इन्स्यारेन्स कम्पनीले २१ करोड २१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।     

निर्जीवन बीमा व्यवसाय गर्नेहरुमध्ये सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत मंसिर महिनामा २९ करोड १२ लाख बीमा शुल्क संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले ३७ करोड १० लाख, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३६ करोड २८ लाख र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २२ करोड ३७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणले जानकारी दिएको छ ।     
 

Image

कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को लागि कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश प्रस्तावल...

Image

अध्यक्ष सिलवालले बजारको समग्र अनुसन्धान गरी नागरिकका आवश्यकता अनुसार नयाँ बीमालेख ल्याउन निर्देशन दि...

Image

कम्पनीले बोनस शेयर वापत १ अर्ब ६ करोड २५ लाख रूपैयाँ र नगद लाभांश वापत ५ करोड ५९ लाख २१ हजार रूपैयाँ...

Image

अपाङ्गता परिचयपत्र प्राप्त गरेका ग र घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई समावेश गरिएको नगरपालिकाका प्र...

Image

बीमितले छानेका यी केन्द्र सुरुआती सम्पर्क बिन्दु हुन् । उक्त केन्द्रबाट स्वास्थ्य उपचार सेवा प्रदान ...

Image

प्रतिकित्ता २८१ रूपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण ...

logo

सहयोग मार्ग, चन्द्रागिरी गल्ली, अनामनगर - २९ , काठमाडौं

+०९७७-१-५७०५७५०

प्रधान सम्पादक

सिताराम भट्टराई

कार्यकारी सम्पादक

विजय देवकोटा

अध्यक्ष/प्रबन्ध सम्पादक

ईन्द्र बानिया

व्यापार प्रवद्र्धन प्रमुख

राम कार्की

आर्थिक

+०९७७-१-५७०५७५०

ईन्द्र बानिया

९८५१०५६७६३

राम कार्की

९८५११८६०७४

सूचना विभाग दर्ता नं.

१५३/२०७३/०७४