शीर्षकहरू

नेपाल पुनर्बीमा कम्पनीको करिब २१ कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको करिब २१ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० लाख ७३ हजार ४४६ कित्ता संथापक शेयर बिक्रीमा ल्याएको छ । युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

प्रतिकित्ता २८१ रूपैयाँ मूल्य तोकिएको यी शेयर खरिदका लागि न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र नेपाल पुनर्बीमा कम्पनीको केन्द्रिय कार्यालय थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।