काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनको प्रस्ताव गर्दै कम्पनीले वैशाख १६ गते विशेष साधारण सभा बोलाएको हो ।
चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यलय विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले ऋण सूविधा प्राप्त गर्ने र त्यसका लागि अख्तियारी प्रदान गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।
आईपीओ प्रस्तावलाई पारित गर्दै त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।