शीर्षकहरू

सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्ने

सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्ने

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियममा मूल्यमा आईपीओ निष्काशन गर्ने कार्यका निम्ति बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको छ।  बैशाख १८ गतेका दिन सोपान मल्टिपल कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा ई् तारा प्रसाद पोखरेल र एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले एक कार्यक्रमकाबीच नियुक्ति सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ। आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं बार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको छ ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने योजना बनाएको कम्पनीका अध्यक्षले बताए । हाल कम्पनीको प्रति शेयरनेट वर्थ ऋयकत ख्बगिभ मा  १०३।५८ रहेको छ भने ँबष्च ःबचपभत ख्बगिभ मा  ४५० रुपैयाँ माथी रहेको समेत अध्यक्ष पोखरेलले बताए ।

कम्पनीले आफ्नो चुक्तापूँजी १अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पुर्याउने योजना बनाएको छ। जस अन्तरगत संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता (१ अर्ब १६ करोड ६० लाख)को हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपिओ जारी हुने सहमति पत्रमा उल्लेख गरिएको छ।

महतो समुहको प्रमुख लगानी रहेको सो पानमल्टिपल कम्पनी लिमिटेड एक होल्डिङ (ईन्भेष्टमेन्ट) कम्पनीहो। डा उपेन्द्र महतो, डा बिरेन्द्र प्रसाद महतो, इ रामेश्वर रिजाल, डा इ ताराप्रसाद पोखेल, जीवनाथ लामिछाने, राजेन्द्र मल्ल, अशोक कुमार खड्का , इ वसन्तचन्द्र मरहट्टा  लगायतको सबल नेतृत्व रसक्रियतामायो कम्पनीले शिक्षा, स्वास्थ्य, जलविद्युत र रियलस्टेट, पूर्वाधार विकास लगायतका क्षेत्रमा लगानी बिस्तार गर्दै आएको छ । 

यस कम्पनीको मातहतमा कान्तिपुर ईन्जिनियरिङ्ग कलेज, एक्मीई न्जिनियरिङ्ग कलेज, सोपान फर्मास्यु टिकल्सलि, मोल्नीया पावर लि, मैलुङ्ग खोला जल बिद्युत कम्पनी लि, माथिल्लो मैलुङ्ग खोला जलबिद्युत कम्पनी लि, सोपान प्रोपर्टिज कम्पनी लि रहेका छन । सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जल बिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ भने सोपान मल्टिपलको प्रमुख परियोजनाको रूपमा बिकाश गरिएको देशकै नमुना अत्याधुनिक प्रबिधि युक्त सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितो पत्र बोर्डमा आवेदन दिने तयारी गरेको छ ।

स्थापना कै बेला पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित यस कम्पनीलाई सुशासनका पक्षमा अझ सबल बनाउने र सहभागिता मुलक लगानीलाई अझ बिस्तार गर्दै लैजाने योजना अनुरूप आईपिओ जारी गर्न लागिएको अध्यक्ष पोखरेलले बताए।