कम्पनी दर्ता सहज बनाइने - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

कम्पनी दर्ता सहज बनाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
Sunrise bank
कम्पनी दर्ता सहज बनाइने
LBEF
NCH-IPS

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कम्पनी दर्ता प्रक्रियालाई सहज बनाइने बताएका छन् । नेपाल उद्योग परिसंघमा आइतबार उद्योगी व्यवसायीहरुसँग अन्तक्र्रियामा बोल्दै मन्त्री भट्टले यस्तो बताएका हुन । 

कुल ग्राहस्थ उत्पादनमा उत्पादनशिल क्षेत्रको योगदान बढाउन परिसंघ सहित निजी क्षेत्रसँग मिलेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन । मन्त्री भट्टले निर्यात व्यापारमा वस्तुहरुको प्राथमिकीकरण तथा विविधीकरण गर्न समेत मन्त्रालयले सहकार्य गर्ने बताए । 

सिएनआइका अध्यक्ष सतिस मोरले निर्यात व्यापारमा देखिएको यो उत्साहलाई कायम राख्न थप प्रवद्र्धनात्मक नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे । मुल्य अभिवृद्धिको आधारमा नेपालबाट निर्यात हुने सम्पूर्ण वस्तुहरुमा निकासी अनुदान दिने व्यवस्था मिलाउनका साथै डिम्ड एक्स्पोर्टको सुविधाको हकमा भौतिक पूर्वाधार निर्माणका लागि नेपाल भित्र उत्पादित वस्तुहरुलाई निकासी सरह डिम्ड एक्स्पोर्टको सुविधा उपलब्ध माग गरेका थिए । 

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले कानूनहरुलाई उद्योगमैत्री रुपमा सुधार गर्नु पर्ने, विद्युतको गुणस्तर सुधार्नु पर्ने तथा दक्ष जनशक्ति उत्पादनमा लगानी बढाउनु पर्ने सुझाव दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस