सप्लार्यसको पैसामा हाकिमको मस्ती, ८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

सप्लार्यसको पैसामा हाकिमको मस्ती, ८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
Sunrise bank
सप्लार्यसको पैसामा हाकिमको मस्ती, ८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी
LBEF
NCH-IPS

काठमाडौं । ‘जसको बिउ उसलाई थाहा नदिई’ भन्ने उखान यातायात व्यवस्था विभागमा लागू भएको छ । विभागले मास मेसिनका प्राविधिकलाई मेसिनको ट्रेनिङ मा समावेश नगराएर सहसचिव, उपसचिव र कम्प्युटर इन्जिनियर ट्रेनिङमा समावेश गरेको हो । 

मेसिन सप्लार्यसको पैसामा २ जना उपसचिव, ३ जना सहसचिव र एक जना कम्प्युटर इन्जिनियरलाई मात्र समावेश गरेको मास अपरेटरलाई भने सो टे«निङमा समावेश नगरेको स्रोतको भनाइ छ ।  

यातायात व्यवस्था विभागले भदौको पहिलो सातामा मास प्रिन्टर संचालनमा ल्याउने भने पनि कम्पनीले ढिलाइ गरिरहेको कारण संचालनमा ल्याउन नसकेको विभागका सूचना अधिकारी तिर्थराज खनालले बताए । उनले भने, ‘डाटासँग कनेक्सन गर्ने काम बाँकी रहेको छ अन्य लगभग सकिसके छ ।’     

एक घण्टामा ४ सय ५० वटासम्म स्मार्ट कार्ड प्रिन्ट गर्ने मास प्रिन्टर विभागमा भित्रिएको छ । तर, काम भने लथालिङ्ग नै रहेको छ । सेवा ग्राहीलाई भने अझै स्मार्ट कार्ड नपाएर सास्ती नै रहेको भनाइ छ ।

उक्त मास प्रिन्टरले दैनिक १५ घण्टामा १० हजार जति स्मार्ट कार्ड प्रिन्ट गर्ने भने पनि अझै संचालनमा आएको छैन तर बाँकी ६ वटा सानो मेसिनले दैनिक ३ हजारसम्म स्मार्ट कार्ड प्रिन्ट गर्दै आएको यातायात व्यवस्था विभागका कम्प्युटर इन्जिनियर केशव राज गौतमले बताए । 

अझै ८ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी रहेको छ । विभागले अबको केही दिनमै मास प्रिन्ट सञ्चालनमा ल्याउने र ट्रायल पास गरेको एक साताभित्रै लाइसेन्स दिने व्यवस्था मिलाउने उनले जानकारी दिए । 

२०७६ वैशाख १७ मा स्मार्ट कार्ड र मास प्रिन्टर मेसिन ल्याउनको लागि १९ लाख ७० हजार २ सय अमेरिकी डलरमा भारतको मद्रास सेक्युरिटी प्रिन्टरसंग सम्झौता गरिएको थियो । ४ लाख ४० हजार अमेरिकी डलर मास प्रिन्टरको मुल्य पर्ने ५० हजार अमेरिकी डलर दुई बर्षसम्म प्रिन्टर मर्मत सर्पोटको लागि सम्झौता गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस