साताको पहिलो दिन नेप्सेमा नगन्य सुधार - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

साताको पहिलो दिन नेप्सेमा नगन्य सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
Sunrise bank
साताको पहिलो दिन नेप्सेमा नगन्य सुधार
LBEF
NCH-IPS

काठमाडौं । साताको पहिलो दिन दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनो सुधार भएको छ । अघिल्ला साता ४.६७ अंकले घटेर १ हजार १ सय १२ दशमलव ७९ बिन्दुमा झरेको परिसूचक आज शुन्य दशमलव ०७ अंकले बढेर १ हजार १ सय १२ दशमलव ८५ अंकमा थामिएको छ ।

कुल १६१ वटा कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता शेयर शेयर किनबेच  हुँदा २० करोड ६३ लाख १४ हजार तीन सय २३ रुपैयाँको  कारोबार भएको छ ।

साताको पहिलो दिन सबै भन्दा बढी कारोबार नबिल बैकको १ करोड ७५लाख ८१ हजार ९ सय ८४ रुपैयाँको कारोबार भएको छ । भने, सर्बाधिक नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

उक्त कम्पनीको शेयर मूल्य ४ दशमलव ७३ प्रतिशतले बढेर ८ सय ४२ रुपैयाँमा प्रतिशेयर कारोबार भएको थियाे। साथै सबै भन्दा धेरै गुमाउनेमा घुडिघोडा लघुबित्तीय संस्था परेको छ ।

उक्त संस्थाको ९ दशमलव ९० प्रतिशतले मूल्य मा गिरावट आई ५ सय ८२ रुपैयाँ प्रतिशेयरमा कारोबार भएको छ ।
 

प्रतिक्रिया दिनुहोस