उपनिर्वाचनः हालसम्मको मतपरिणाम कति ठाउँमा कुन दल विजयी ? - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

उपनिर्वाचनः हालसम्मको मतपरिणाम कति ठाउँमा कुन दल विजयी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
Sunrise bank
उपनिर्वाचनः हालसम्मको मतपरिणाम कति ठाउँमा कुन दल विजयी ?
LBEF
NCH-IPS

काठमाडौं । उपनिर्वाचन अन्तर्गत शनिबार सम्पन्न मतदानको मतपरिणा आउनेक्रम जारी छ । हालसम्म ३९ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगकाअनुसार विभिन्न ५२ पदका लागि भएको उपनिर्वाचनमा हालसम्म ३९ वडामा वडाध्यक्षका लागि भएको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । जसमा नेकपा २२, काँग्रेस ११, राजपा तीन र समाजबादी पार्टी तीन स्थानमा विजयी भएका छन् ।

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य, भक्तपुरको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर (क), धरान उपमहानगरपालिकाको प्रमुख, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना कार्य भइरहेको छ ।

प्रदेशसभा सदस्य बागलुङ क्षेत्र नम्बर २ (ख) र दाङ प्रदेश सभा सदस्य क्षेत्र नम्बर ३ (ख) को मतगणना आज सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस