हस्तकला व्यापार मेला :दर्शकको घुँईचो - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

हस्तकला व्यापार मेला :दर्शकको घुँईचो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १५ मंसिर २०७६
Sunrise bank
हस्तकला व्यापार मेला :दर्शकको घुँईचो
LBEF
NCH-IPS

काठमाडौ । नेपाल हस्तकला महासङ्घको आयोजनामा राजधानीमा शुरु भएको १७ औँ हस्तकला व्यापार मेलामा दर्शकको घुँईचो लागेको छ । महासङ्घको आयोजनामा मङ्सिर १२ देखि शुरु भएको १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगितामा दर्शकको घुँईचो लागेको हो । 

शनिबार नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री जनार्दन शर्माले मेलाको अवलोकन गरेका थिए  । यस्तै, उपत्यकाभित्रका विभिन्न महानगर तथा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षले पनि मेलाको अवलोकन गरेको महासङ्घका महानिर्दैशक कृष्ण पौडेलले जानकारी दिए । 

मेलाका अवसरमा अमूर्त सांस्कृतिक कला प्रदर्शन गरिएको थियो । यस्तै, कुमारी नृत्य प्रस्तुत गरिएको थियो । मेलामा सात प्याभिलियनसहित करीब २०० कक्ष छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानका व्यापारीको पनि बिक्रीकक्ष राखिएको छ । 

हस्तकला प्रदर्शनी उद्यमी, कलाकार, कालीगढबाट उत्पादित नेपाली हस्तकलाका वस्तुको स्थानीय र अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ–नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्ने, उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले महासङ्घले विगत तीन दशकदेखि हस्तकला मेला आयोजना गर्दै आएको छ । मेला मंसीर १६ गतेसम्म चल्नेछ । 


 

प्रतिक्रिया दिनुहोस