४० रूपैयाँ तलबबाट कार्की दैनिक १ लाखको सामान किन्ने भए - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

४० रूपैयाँ तलबबाट कार्की दैनिक १ लाखको सामान किन्ने भए

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • शनिबार, १४ मंसिर २०७६
Sunrise bank
४० रूपैयाँ तलबबाट कार्की दैनिक १ लाखको सामान किन्ने भए
LBEF
NCH-IPS

काठमाडौं । म.म भन्ने बितिकै आम मानिसको खाजाको पर्याय बनिरहेको छ । काठमाडौंमा पछिल्लो समय म.मको व्यापार व्यवसाय पनि मौलाउदै गएको छ ।  म.मको व्यापार ठेला गाडा, साना साना सटरदेखि ठूल–ठूला पाँचतारे होटरसम्ममा यसको व्यापार मौलाउदै छ । म.म हरेक उमेर समूहका मानिसले रुचाउने परिकार बनेको छ । काठमाडौंका गल्लि गल्लिदेखि भट्टी पसलमा समेत म.मको व्यापार चलिहरेको छ । त्यसैले हरेक खाजा पसल, होटल र रेस्टुरेन्टमा मःम पकाइएको हुन्छ ।  

बढ्दो जनसंख्या र मानिसको चाहाना अनुसार मःमले राम्रो आम्दानी पनि दिइरहेको छ । कुनै साथीसँगीसंग भेट भयो भने आज के खाजा खाने भन्दा पहिला सबैको मुखमा मःम भन्ने शब्द निस्किन्छ । 

यस्तै मःमको व्यापारमा सबै मःम पारखीलाई तानिरहेको नयाँबानेश्वर चोकबाट केही पर गएपछि एउटा पसलको बोर्ड देखिन्छ । जुन बोर्डमा विशाल म.म लेखिएको छ । बानेश्वरको मुख्य बाटोबाट झट्ट हेर्दा उक्त पसल देखिदैन । मुख्यबाटोबाट २ मिनेट भित्र गएपछि बिशााल म.म देख्न सकिन्छ । मः मको व्यापारबाट धेरैको मन जित्न सफल मःम व्यापारी हुन कुमार कार्की । 

शिक्षाबाट बन्चित भएर पनि आफुलाई अब्बल स्थानमा पु¥याउने मान्छे कमै हुन्छन । पढाइको नाममा केबल अक्षर मात्र चिनेका कुमार कार्कीको संघर्ष र मिहेनतको कथाले मःम व्यापारलाई चम्काएका छन । आफ्नो जन्म स्थानमा काम गर्दा भविष्य नदेखेका कार्कीले आफ्नो उज्यालो संसार खोज्दै ४० बर्ष अघि काठमाडौं आएका थिए । 

उनले काठमाडौं भन्ने वित्तिकै धेरैको सपनाको शहर जस्तै उनले पनि आफ्ना सपनाको शहर बनाएर आएका थिए । तर, उनले काठमाडौं शहर प्रवेशसँगै धेरै हन्डर खानु पर्यो । उनले काठमाडौं आउँदा जागीर जता त्यतै पाउँछ भन्ने सोचेका कार्कीले महिनौ दिनसम्म जागीर खोज्नु प¥यो । जागीरको सिलशिलामा धेरै तिर भौतारिएका थिए उनी । महिनौ दिन भौतारिएपछि उनले एउटा होटलमा भाडा माज्ने काम भने बल्ल पाए । उनले त्यो दिन सम्झदै भने दिनभरी भाडा माझनु पर्थ्यो न समयमा खाना न खाजा महिना वितेपछि बल्ल बल्ल ४० रूपैँया तलब पाउने गरेका थिए । उनले होटलमा भाडा माजेर कमाएको ४० रुपैयाँबाट  आफुलाई खर्च  कटाएर अलि अलि जम्मा पनि गर्ने गरेको थिए । 

२०१९ सालमा ओखलढुङगामा जन्मिएका कार्की १७ वर्षका हुदा आफ्नो गाउँ छोडेर काठमाडौं आएका थिए । गाउँको परिवेशमा हुर्केका उनलाई काठमाडौं आउँदा नौलो लाग्नु स्वभाविक थियो । 
गरीब परिवारमा जन्मिएका उनी काठमाडौं आउँदा आफ्नो सग्लो शरिर बाहेक केही ल्याएका थिएनन् । काठमाडौं आएर निर्कै संघर्ष गरी होटलमा जागीर खाए । उनलाई होटलका साहुँले मःम चाउमिन बेचेर मुठीभरी पैसा गनेको देख्दा आफुलाई पनि त्यस्तै पैसा गन्ने इच्छा जाग्न थाल्यो । 

बाटोमा हिड्दा, खाजा खान जादाँ मानिसहरू पैसा गनेको देख्दा उनलाई आफु पनि त्यस्तै पैसा कमाएर आफ्नै व्यवसाय गर्ने इच्छा दिन प्रतिदिन बढ्दै गयो । अन्नत उनले आपूm काठमाडौं बसेको ८ वर्षपछि आफ्नै पसल खोल्ने हिम्मत गरे ।  अहिले उनले पसल खोलेर व्यवसाय गर्न लागेको ३२ वर्ष वितेको  ।

 ८ वर्षसम्म काठमाडौमा एक्लो जिवन बिताएका उनले त्यस पछि विवाह गरे । विवाहपछि आफ्नी श्रीमतीको साथ पाएपछि उनले आफ्नै खाजा  पसल खोलेर आफ्नै व्यवसाय गर्न थाले । उनले शुरूमा गैह्रीधारामा चियापसल खोलेका थिए । त्यस पसलमा उनले खाजाको रूपमा चिया, सेल चाउमिन मःम बेच्ने गरेका थिए । उक्त पसल उनले ८ वर्षसम्म चलाए । त्यस पसलबाट २÷४ लाख जम्मा गरेका थिए । त्यस रकमबाट उनले भक्तपुरमा भि.आइ.पि नामबाट म.म पसल खोले । त्यस पसलबाट पनि उनलाई फाइदा नै भयो । त्यसपछि उनले असनमा र पुरानो बसपार्कमा मःम पसल खोलेर आफ्नो व्यवसायलाई अगाडि बढाए । 

लामो समय मःम पसल खोलेर अनुभव  लिइसकेका कार्की हाल नयाँ बानेश्वरमा  विशााल मःम पसल खोलेर आफ्नो व्यवसायलाई अगाडि बढाई रहेका छन् । उनले विशााल नाम गरेको मःम पसल २ स्थानमा सञ्चालन गरेका छन् । कालिमाटी र नयाँ बानेश्वरमा । नयाँ बानेश्वरमा उनी आफै बस्छन भने कालीमाटीमा अन्य कर्मचारीहरु राखेर सञ्चालन गर्दै आएका छन ।  

के–के प्रयोग गर्छन मःममा 
कार्कीले मःमलाई चाहिने सम्पूर्ण सामाग्री कालीमाटी बजारबाट ल्याउने गरेका छन् ।अरूलाई पठाउँदा सामान राम्रो नआउने होकी भन्ने डरले विहान ५ बजे उठेर उनी आफै कालीमाटी गएर सामान ल्याउँने गरेका छन् । 

उनले दैनिक बफ मःमको लागि ७० देखि ८० किलो मासु, चिकेन मःमको लागि ४० देखि ५० किलो र भेजको लागि २० दखि २५ किलो सामान ल्याउने गरेका उनी बनाउछन् । विशााल मःममा मःम खानको लागि राजनीतिक दलका सांसद मन्त्रीदेखि सर्वसाधारणसम्म  आउने गरेका छन् । त्यहाँको मःम प्रया सबै वर्गले मन पराउने गरेको कार्की भनाइ छ । विशााल मःममा बोसो, चिल्लो पदार्थ प्रयोग नगर्ने भएकाले यो मःमले स्वास्थ्यमा कुनै असर नगर्ने उनी दावी गर्छन । उक्त पसलमा दैनिक १ हजार व्यक्तिले मःम खान आउने गर्छन । 

उनी भन्छन ‘यहाँको मःम खाएपछि ग्राहकले अन्तको मःम मन पराउदैनन् । विभिन्न व्यक्तिहरूले हाम्रो पसलको नाम राखि अन्त पनि पसल खोलेका छन् उनीहरू भन्छन् विशााल मःम हाम्रो हो, तर ग्राहकले भने अन्तको मःमको स्वाद यहाँको जस्तो नभएको गुनासो गरेका छन्’ ।  उनले मःमको लागि दैनिक १ लाखको सामान ल्याउने गरेका छन् । उनको पसलको सम्पूर्ण खर्च कटाए दैनिक ३० देखि ४० हजार सम्म नाफा हुने कार्कीले बताए । 

छोरा छोरी डाक्टर,इन्जिनियर

आफुले ८ कक्षा पढेका कार्कीेले आफ्नो व्यवसयाबाट छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाएका छन् । उनका ४ जना सन्तान छन् । कार्की आफ्नो व्यवसाबाट सन्तुष्ट देखिएका छन् । ३ वटा छोरी र एक छोराको राम्रो शिक्षा दिक्षा दिन सफल भएकोमा उनिआफुले आफुलाई गभाविन्त महसुस गर्छन् । 

उनले विशााल मःम शुरू गर्दा २५ लाख लगानीबाट सुरू गरेका थिए । पहिला आफ्नो श्रीमति र आफुले मात्र चलाएको उक्त पसलमा अहिले २३ जना कर्मचारी रहेका छन् । उनी भन्छन ‘मैले मेरो जिवनलाई बाचुन्जेलसम्म खाने पुग्ने पैसा कमाए सके भक्तपुरमा घर छ घरमै बस्दा पनि हुन्छ । तर, मनले नमानेर काम गरिरहेको छु आफुले सकुन्जेल अब यहि पसलमा निरन्तर लागिरहन्छु’ 
 
नयाँबानेश्वर चोकबाट केही पर गएपछि एउटा पसलको बोर्ड देखिन्छ । जुन बोर्डमा विशाल म.म लेखिएको छ । बानेश्वरको मुख्यबाटोबाट झट्ट हेर्दा उक्त पसल देखिदैन । मुख्यबाटोबाट २ मिनेट भित्र गएपछि बिशााल म.म देख्न सकिन्छ । चुनौती र व्यवधान संगै हरेक मानिस सफल भएको पाइन्छ । त्यस्तै सफलताका एक उदाहरण हुन कुमार कार्की । गरे के हुँदैन भन्ने उदाहरण बनेका कार्कीबाट व्यावसाय गर्न लागिपरेकाहरुका लागि एक उदाहरणीय पात्र बनेका छन् । 

प्रतिक्रिया दिनुहोस