काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी आफ्ना ग्राहकलाई छुट दिनेगरी सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरूका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताअनुसार वन्डर्स नेपाल प्रालिद्वारा सञ्चालित स्काईवाक टावर कमलादीमा १५ प्रतिशत छुट पाउनेछन् । चेरिस ग्रुप विशालनगरमा खाना तथा पेय पदार्थ १५ प्रतिशतसम्म, अमैचा सानेपा, ललितपुरमा कपडा खरिदमा १० प्रतिशत र मलाला युनिसेक्स सैलुन भैंसेपाटीमा ललितपुर ब्युटिसियन सेवामा १० प्रतिशत छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकको छ ।