काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध कर्णाली याक्यसले १०४ रनको सहज लक्ष्य पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १ सय ३ रनमा समेटियो ।
यससँगै जितका लागि कर्णालीले १०४ रनको सामान्य लक्ष्य पाएको छ । कर्णालीका तर्फबाट विलियम बसिस्टो एक्लैले ६ विकेट लिएका थिए ।