शीर्षकहरू

समता घरेलु लघुवित्तको शेयर संरचना परिवर्तन हुने

समता घरेलु लघुवित्तको शेयर संरचना परिवर्तन हुने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन हुने भएको छ । साविक समता लघुवित्त वित्तीय संस्था , घरेलु लघुवित्त वित्तीय संस्था,  मनकामना र स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार भैरहेको हो ।

हाल कम्पनीको संस्थापकतर्फ ६९ दशमलव ४८ प्रतिशत र सर्वसाधारणतर्फ ३० दशमलव ५२ प्रतिशत शेयर स्वामित्व कायम छ । गत साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय बमोजिम साविक समता लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर मात्र चुक्तापुँजीको ५ दशमलव ६१ प्रतिशत विन्दुले हुने संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम सर्वसाधारण शेयर अनुपात ३६ दशमलव १३ प्रतिशत र सर्वसाधारणतर्फ ६३ दशमलव ८७ प्रतिशत कायम हुने गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति समेत प्राप्त भैसकेको कम्पनीको भनाइ छ ।

साविक समता लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुका लागि कम्पनीले सूचना जारी गर्दै संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नचाहेमा आगामी ३५ दिनभित्र जानकारी गराउन कम्पनीले भनेको छ । कम्पनीको केन्द्रीय कार्यालय बनेपा, काभ्रेपलाञ्चोकमा सम्पर्क गरी शेयर संरचना परिवर्तन गर्ने या नगर्ने जानकारी गराउनुपर्नेछ ।