शीर्षकहरू

मारुती सुजुकी र हुन्डाईपछि महिन्द्राले गाडीको मूल्य बढाउने घोषणा

मारुती सुजुकी र हुन्डाईपछि महिन्द्राले गाडीको मूल्य बढाउने घोषणा

एजेन्सी । भारतमा मारुती सुजुकी र हुन्डाईपछि महिन्द्रा एण्ड महिन्द्राले पनि आफ्ना गाडीको मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीले आफ्नो पोर्टफोलियोमा स्पोर्ट्स युटिलिटी भेहिकल र कमर्शियल भेहिकलको सम्पूर्ण दायराको मूल्य ३ प्रतिशशतसम्म बढाउने छ ।

महिन्द्रा एन्ड महिन्द्राले शुक्रबारको एक एक्सचेन्ज फाइलिङमा कम्पनीले भन्यो, ‘सवारी साधनहरूमा बढेको दर जनवरी२०२५ को सुरुदेखि लागू हुनेछ। मुद्रास्फीति र वस्तुको मूल्यमा भएको वृद्धिका कारण लागत बढेपछि कम्पनीले यस्तो निर्णय गरेको हो ।’

यसअघि मारुती सुजुकी, हुन्डाई मोटर इन्डिया, मर्सिडीज बेन्ज, बीएमडब्ल्यू र अडी जस्ता अन्य अटोमोबाइल कम्पनीहरूले पनि जनवरी २०२५ देखि आफ्ना गाडीको मूल्य बढाउने घोषणा गरिसकेका छन् । सबै कम्पनीले मूल्यवृद्धिको कारण एउटै बताएका छन् । आगत लागत र रसदमा भएको वृद्धिका कारण कम्पनीहरूले यस्तो निर्णय गरेका हुन् ।