शीर्षकहरू

राष्ट्रपतिलाई प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी

राष्ट्रपतिलाई प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो  आसन्न औपचारिक चीन भ्रमणबारे आज जानकारी गराएका छन ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताका लागि शुभकामना दिए । भेटवार्तामा  परराष्ट्रमन्त्री डा आरज़ु राणा देउवा पनि  सहभागी थिइन ।  यही मंसिर १७ गतेदेखि २० गतेसम्म प्रधानमन्त्रीको औपचारिक चीन भ्रमण हुँदैछ ।