शीर्षकहरू

नेपाल बैंक र सिद्धि पोलिप्याथ ल्याबबीच सम्झौता

नेपाल बैंक र सिद्धि पोलिप्याथ ल्याबबीच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरू एवं ग्राहकहरूलाई काठमाडौँको डिल्लीबजारस्थित  सिद्धि पोलिप्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । 

नेपाल बैंक लिमिटेड र काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोलिप्याथ ल्याब प्रा.लि. बिच मिति २०८१ मङ्सिर १२ गते भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू एवं ग्राहकहरूलाई सिद्धि पोलिप्याथ ल्याब प्रालिद्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुनेछ ।  

उक्त सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र सिद्धि पोलिप्याथको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए ।