शीर्षकहरू

आइएमई पे एपको नयाँ सुविधा आइइएलटीएस टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

आइएमई पे एपको नयाँ सुविधा आइइएलटीएस टेस्टको शुल्क अब सजिलै एपबाट तिर्न मिल्ने

काठमाडौं  । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेूले आइइएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ।

 यस सुबिधा मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो आइइएलटीएस परिक्षा शुल्क सहजै भुक्तानी गर्न सकिने भएको हो ।  प्रयोगकर्ताहरुले आइइएलटीएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आइइएलटीएस यसकेभीआइको एकेडेमिक टेस्टको शुुल्क तिर्न सकिन्छ । 

त्यस्तै जेनेरल ट्रेनिङ टेस्ट,Life Skills A1/A2, B1  को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन्। सिमित अवधिको लागि आइएमई पे एपबाट आइइएलटीएस युकेभीआइ टेस्टको शुल्क भुक्तानीमा फ्लाट  १००० रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ।

 ‘हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं,आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, आइइएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं।’