aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

स्वरोजगार लघुवित्तले बोनस र नगद लाभांश दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ मंसिर २०७६
स्वरोजगार लघुवित्तले बोनस र नगद लाभांश दिने
LBEF

काठमाडौं । स्वरोजगार लघुवित्तको ११औं वार्षिक साधारण सभा मंसिर २८ गते हुने भएको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 साधारण सभाको प्रस्तावमा  २६ दशमलव ७५२० प्रतिशत बोनस शेयर र (कर प्रयोजनका लागि) १ दशमलव ४०८० प्रतिशत नगद लाभांश वितरण गर्ने रहेको छ । साथै शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, अन्य कुनै उपयुक्त वित्तिय संस्था एक आपसमा गाभिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ । साधारण सभा प्रयोजनको कम्पनीको शेयरधनी दर्ता पुस्तिका मंसिर १५ गतेदेखि २८ गतेसम्म बन्द रहने भएको छ  । 
 

प्रतिक्रिया दिनुहोस