काठमाडौं । । १९ कम्पनीको १६ अर्ब ४५ करोड रुपैयाँ बराबरको नौ करोड ५६ लाख ८६ हजार ५१० कित्ता शेयर पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डको अनुसार यी कम्पनीको आइपिओ जारी गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
सात वटा जलविद्युत परियोजना, चार वटा उत्पादन, एउटा होटल, एउटा लघुवित्त, पाँच वटा अन्य र एउटा लगानी कम्पनीको आइपिओ पाइपलाइनमा रहेको छ ।
हस्पिटालिटी फर एडभान्स मेडिसिन एण्ड सर्जरी (हेम्स हस्पिटल) ले ३२ करोड रुपैयाँ बराबरको ११ लाख २५ हजार कित्ता शेयर आइपिओ जारी गर्ने तयारी गरेको छ । आइपिओ जारी गर्नका लागि हस्पिटलले मुक्तिनाथ क्यापिटललाइ इस्यु म्यानेजर तोकेको छ। कम्पनीले गत पुस ६ गते आइपिओका लागि सेबोनमा निवेदन दिएको हो ।
त्यस्तै, अन्नपूर्ण केबल कारले पनि स्थानिय र सर्वसाधरणको लागि पनि आइपिओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको हो । कम्पनीले मुक्तिनाथ क्यापिटललाई इस्यु म्यानेजर तोकेको छ । कम्पनीले गत पुस १६ गते आइपिओको लागि सेबोनमा निवेदन दिएको हो ।
मारुती सिमेन्टले पनि स्थानिय र सर्वसाधारणको लागि आइपिओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले चार अर्ब ३७ करोड रुपैयाँ बराबरको एक करोड १६ लाख कित्ता शेयर जारी गर्ने भएको छ । कम्पनीले इस्यु म्यानेजरको लागि नविल इन्भेष्टमेन्ट कम्पनीलाई तोकेको छ । मारुतीले आइपिओ जारी गर्नका लागि गत पुस २६ गते सेबोनलाई पत्राचार गरेको हो ।
स्वास्तिक लघुवित्त वित्तीय संस्थाले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले इस्यु म्यानेजर नविल इन्भष्टमेन्टलाई तोकेको छ । कम्पनीले आइपिओ जारी गर्नका लागि सेबेनलाई गत माघ २४ गते निवेदन दिएको थियो ।
डिस मिडियो नेटवर्कले सर्वसाधारणको लागि एक अर्ब ३५ करोड रुपैयाँ बराबरको एक करोड ३५ हजार ८४ हजार ९५५ कित्ता शेयर जारी गर्ने तयारीमा छ । कम्पनीले प्रभु क्यापिटललाई इस्यु म्यानेजर तोकेको छ । सेबोनले कम्पनीलाई थप कागजपत्र पठाउनका लागि पत्राचार गरेको छ ।
याम्बालिंग, विकास, रिज, लाफिङग बुद्ध, कालिन्चोक, हिम रिभर पावर र लोवर एर्खुवा जलविद्युत आयोजनाले पनि आइपिओ जारी गर्ने भएका छन् । यमबलिङग जलविद्युत आयोजनाले स्थानिय र सर्वसाधारणको लागि शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता शेयर पाइपलाइनमा राखेको छ । कम्पनीले मुक्तिनाथ क्यापिटलाई इस्यु म्यानेजर तोकेको छ । सेबोनले कम्पनीलाई थप कागजपत्र पेश गर्नका लागि पत्राचार गरेको छ ।
त्यस्तै, विकास जलविद्युतले ४४ करोड ५४ लाख रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर स्थानिय र सर्वसाधारणको लागि जारी गर्ने भएको छ । रिज लाइन इनर्जीले ५८ करोड ४ लाख रुपैयाँ बराबरको ५८ लाख ४ हजार २०१ कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।
लाफिङग बुद्ध पावरले ६५ करोड ७७ लाख बराबरको ६५ लाख ७७ हजार कित्ता, कालिन्चोक हाइड्रोपावरले सात करोड ५० हजार रुपैयाँ बराबरको सात लाख ५० हजार कित्ता, हिम रिभर पावरले २६ करोड ६० लाख रुपैयाँ बराबरको २६ लाख ६० हजार कित्ता र लोवर एर्खुवाले २८ करोड ५ लाख रुपैयाँ बराबरको २८ लाख ५ हजार ७५० कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।