शीर्षकहरू

नेशनल लघुवित्तले ल्यायो ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

नेशनल लघुवित्तले ल्यायो ३९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३९ हजार ८११ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सकिने जानकारी कम्पनीले दिएको छ । 

आवेदन कम्पनीको केन्द्रिय कार्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट यी शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।