मन्त्री ज्यू, ’ओवरटूरिज्म’देखि डराउँछन् त चिनियाँ - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

मन्त्री ज्यू, ’ओवरटूरिज्म’देखि डराउँछन् त चिनियाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ मंसिर २०७६
Sunrise bank
मन्त्री ज्यू, ’ओवरटूरिज्म’देखि डराउँछन् त चिनियाँ
LBEF
NCH-IPS

काठमाडौँ । चिनियाँ राष्ट्रपती सी चिनफिङले नेपालमा चिनियाँ पर्यटक भित्राएर नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग गर्ने बचनदिए । उनको यो आश्वासनसंगै नेपालको पर्यटन उद्योग दंग परेको देखिन्छ । अझ पर्यटन मन्त्री योगेश भट्टराई त चीनका संस्कृति तथा पर्यटन मन्त्री लु सङ्गेङले अघिल्लो हप्ता नेपाल भ्रमणमा रहेका बेला पर्यटकीय क्षेत्रमाआवश्यक पूर्वाधार सुधारमा सहयोग गर्ने बचनवद्धता गरेपछि झन् मख्ख छन् ।

त्यो बेला चिनियाँ मन्त्रीले नेपाल भ्रमण वर्ष २०२० मा प्रयाप्त चिनियाँ पर्यटक नेपाल आउने आफ्नो बिश्वास रहेको समेत बताएका थिए । चिनियाँ राष्ट्रपति देखि पर्यटन मन्त्रीले नेपालमा चिनियाँ पर्यटक पठाउने कुरा गरेपछि पुलकित बन्नु स्वाभाविक पनि होला तर वास्तबमा चिनियाँ पर्यटक नेपालमाआफु घुम्न जाँदा कस्तो वातावरण होस् भन्ने चाहन्छन् भन्नेबारे चाहिँ कसैले वास्ता गरेको देखिंदैन ।

त्यति मात्र होइन, लोकप्रिय चिनियाँ अभिनेत्रीलाई पर्यटन प्रबर्द्धनगर्न ब्रान्ड एम्बेसडर बनाएर गरिएको प्रचारले ठूलै संख्यामा चिनियाँको लर्को लाग्छ भनेर नेपालको राजनीतिक नेतृत्व देखि भ्रमण वर्ष २०२० सफलपार्ने जिम्मा पाएका निकायहरु समेत ढुक्क देखिन्छन् । तर, पर्यटकले घुम्न कहां जाने भन्ने कुरा कुनै नेतावामन्त्रीको आदेश र अभिनेत्रीको अनुरोधले नभएर कतिपयआफ्नै मान्यता र बिश्वासहरुको आधारमा निर्धारण गर्छन् भन्ने चाहिं हाम्रा नीतिनिर्माताले बुझेको छनक पाईदैन ।

मंगलबार पोखरा भ्रमणमा पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनी नेपाल भ्रमण वर्षमा चीनबाट धेरै पर्यटक पोखरा आउने विश्वास व्यक्तगरिन् । तर, उनले चिनियाँ पर्यटकको सुरक्षा ग्यारेन्टी र आपतकालिन सहयोग सहायता कक्ष निर्माण गर्न समेत पोखराका मेयरलाई सुझाव दिईन् । बुझ्न सके चिनियाँ पर्यटकको चिन्ता के रहेछ भन्ने कुरा उनले सङ्केत गरेकीहुन् तर कुरा बुझ्ने फुर्सद यहाँ कसलाई छ र !

त्यसैले नेपालमा प्रयाप्त मात्रामा चिनियाँ पर्यटक भित्राएर भ्रमण वर्ष सफल पर्ने हो भने अहिले चिनियाँ पर्यटकहरुमा कस्तो प्रवृति देखिंदैछ ? उनीहरुले आफ्नो गन्तब्य निर्धारण गर्दा कस्ता कुरालाई केन्द्रमा राख्ने गर्छन् ? र, हामीले त्यस्ता चिनियाँ पर्यटकको माग र चाहनालाई सम्बोधनगर्न आवश्यकतयारी गरिरहेका छौं कि छैनौं भन्ने कुरा अहिले अहम् विषयबन्न सक्छ किनकी चिनियाँ पर्यटकको प्रवृतिमा परिवर्तन आएको निष्कर्ष पर्यटनको क्षेत्रमा चर्चित कम्पनीहरुले गरेको अध्यायनमा स्पष्ट रुपमा देखिएको छ ।

चिनियाँमा ओवरटूरिज्मको चिन्ता
बुकिङ्ग डटकमले हालै गरेको एक अध्ययनले देखाए अनुसार चिनियाँ पर्यटकहरुमा अन्य मुलुकका पर्यटकको भन्दा फरक प्रकारको चिन्ता रहेको पाइयो । विश्वका धेरै मुलुकका पर्यटकहरु पर्यावरणीय प्रभाव र अन्य कारणहरुले ‘जिम्मेवार पर्यटक’ बन्नुपर्छ भन्ने बुझाइमा छन् । तर, चिनियाँहरु चाहिं आफुले भ्रमण गर्न लागेको गन्तव्यमा कतै ’ओवरटूरिज्म’ त हुँदै छैन भन्नेमा बढी सचेत रहेको पाइएको छ । 

चिनियाँ पर्यटकको त्यही चिन्तालाई व्यक्त गरेकी हुन, राजदूत होउ यान्छीले । उनले पर्यटकको सुरक्षाको जुन कुरा गरेकी छिन् त्यो नेपालको प्रमुख पर्यटकिय गन्तब्य स्थल पोखराको हकमा स्वाभाविक देखिन्छ । ‘ओवरटूरिज्म’ को अवस्था सिर्जना भएमा स्थानीयबासिन्दा र पर्यटकबीच अनेकौं प्रकारको द्वन्दसिर्जना हुनसक्छ । पर्यटकले सही ढंगले आथित्यता नपाउने मात्र होइन की स्वाभाविक भन्दा निकै महँगो घुमफिर हुने अवस्था आउँछ, पर्यटकको लागि । 

बुकिंग डटकमले गरेको अध्ययनमा के पाइयो भने उनीहरुले घुम्न चाहेको भन्दा अर्को कुनै ठाउँमा जान आफ्नो ट्रेकिंग एजेन्सी वा ट्राभल्स कम्पनीले सल्लाहदियो भने त्यो मान्नतयार छन् । तर, सर्त यो हो कित्यो स्थान ओवरटूरिज्मको समस्याबाट मुक्त रहेको हुनुपर्यो । यस्तो धारणा राख्ने चिनियाँ पर्यटकको संख्या ७९ प्रतिशत देखिएको सो अध्यायन रिपोर्टमाउल्लेख गरिएको छ ।

‘चिनियाँ पर्यटकहरु आफु घुम्न गएको ठाउँमा पर्यटनले गरेको योगदान बारे जान्न चाहन्छन’, बुकिंग डटकमकी अध्यक्ष गिलियन टाँसले हालै एक कार्यक्रममा टिप्पणी गरेकी थिइन् । उनले चिनियाँ पर्यटकहरु आफ्नो भ्रमणले गन्तब्य स्थलमापार्ने प्रभाव मात्र होइन कि त्यहाँ पाइने खाना त्यहीं उत्पादन भएको हो वा होइन भन्ने समेत जान्न चाहन्छन् ।

नेपालमा’ओवरटूरिज्म’को सङ्केत 
नेपाल सरकार, विशेषगरी पर्यटन मन्त्रालय नेपालमा पर्यटक भित्राउने मात्र कुरा मात्र गर्छ तर नेपालमा आउने पर्यटकले यहाँ कस्ता प्रकारका समस्या भोगिरहेका छन् भन्नेबारे शायद बेखबर छ । नेपालको प्राकृतिक सौदर्यता र यहाँका साहसिक पद मार्गहरु नै हुन् विदेशीलाई यो भूमिमा पाइला टेक्नलोभ्याउने कुराहरु । यो तथ्य सबैलाई थाहा छ तर जब पर्यटनको कुरा आउँछ त्यो बेला केवलतारे होटलको अवस्थाको चर्चाबाट छलफल शुरु गरिन्छ ।

तर, नेपालमा पर्यटकले रुचाउने ‘बजेट ट्रेकिंग’ को अवस्था र पर्यटकीय क्षेत्रमा रहेका ‘टि हाउस’मापर्यटकलाई गरिने ब्यबहारको समिक्षा गर्ने फुर्सद कसैमा देखिंदैन । पर्यटक व्यवशायी र टुरिष्ट गाइडहरुका अनुसार बजेट ट्रेकिंगको प्रचलनलगभग समाप्त नै भैसक्यो । स्थानीयवासीको खेत, बारी, आँगन र गह्राको काल्लामा टेन्ट गाडेर रात बिताउने अनि बिहान उठेर पदयात्राको रमाइलो गर्ने पर्यटक निकै ठुलो संख्यामा नेपाल आउने गर्थे । तर, आजभोली ‘ट्रेक रुट’का बासिन्दाले पर्यटकलाई त्यस्तो सुबिधा दिने गरेका छैनन् । उनीहरुले टेन्ट टाँग्ने ठाउँ समेत पाउंदैनन् । टेन्टमा सुत्दा पर्नसक्ने सुरक्षा सम्बन्धी जोखिम पनि बढेको छ ।

पदमार्गमा रहेका टि हाउस अर्थात् गेष्ट हाउसले पर्यटकलाई ठग्ने र दुव््र्यबहार गर्ने क्रमअती नै बढेको पदमार्गीहरुले गुनासो गर्दै आएका छन् । बिगतमा आफ्नोमा पर्यटक राखिदिएबापत टुरिष्ट गाइडलाई निशुल्क सुत्नदिने ‘टि हाउस’ संचालकहरु अहिले उनीहरुलाई पनिपर्यटक सरह नै पैसा लिन्छन् । त्यो त स्वभाभिक नै हो भन्न सकिन्छ तर ४/५ वटा गेष्टहाउस संचालकमिलेर संघ खोल्ने र संघ शुल्कभन्दै भ्याट, प्यान केहीउल्लेख नभएको रसिद थमाएर पर्यटकबाट अतिरिक्त रकम असुल्ने प्रवृतिअती नै बढेको समेत टुरिष्ट गाइडहरु गुनासो गरिरहेका छन् । तर, थाहा पाएपनि सम्बन्धित सरोकारवाला निकाय यस्ता विषयमा मौन छ । जुनवास्तब मै पर्यटकलाई दिक्कलाग्दो र कुनैपनि बेलापर्यटक र स्थानीय सेवा प्रदायक बीच द्वन्दउत्पन्न गराउन सक्ने बिषय हो ।

किन यस्तो हुँदैछ त ? जवाफ यही हो किति व्यवशायीहरु यदि कुनै एक पर्यटक बास नबसे अर्को त पक्कै बस्छ भन्ने मानसिकतामा उनीहरु छन् । त्यस्ता व्यवशायीले यतिव्यवस्थित ढंगले सिन्डिकेट निर्माण गरेका छन् कि पर्यटकसँग कुनै बिकल्प नै हुँदैन र ठगिन बाध्य हुन्छन् । प्रयाप्त मात्रामा पूर्वाधारको विकास नहुनु मात्र होइन हाम्रा ब्यवाशायिमा बढेको गलत मानसिकता प्रमुख समस्याको रुपमा रहेको छ ।   

के हो ‘ओवरटूरिज्म’
हुनत सन् २०१५ देखि मात्र बिकसित भएको हो, ओवरटूरिज्मको अवधारणा ।  तर, पनि चिनियाँहरु यसमा निकै सजग रहेका छन् ।  अघिल्लो वर्ष देखिमात्र अक्सफोर्ड डिक्सनरीमा सामेल गरिएको यो शब्दले कुनै पनि पर्यटकीय गन्तव्यमा आपेक्षित भन्दा बढी मात्रामा पर्यटक पुग्दा उत्पन्नहुने समस्यालाई जनाउँछ । कतिपय अवस्थामा यसरी पर्यटक धेरै हुँदा स्थानिय बासीसंग उनीहरुको हुनसक्ने टकरावलाई समेत यो टर्मिनोलोजीले जनाउने गर्छ ।

पर्यटकको संख्याले गर्दा जव स्थानीय वासीले समस्या भोग्छन् तब ‘ओवरटूरिज्म’को अवस्था उत्पन्न भयो भन्न सकिन्छ । मानौ, घुम्न आएका पर्यटकको बासस्थानको लागि जब घरबेटीले पहिले भाडामा बसेका मानिसलाई निकाल्छन् र बढी पैसामा विदेशीलाई घर, कोठा वा फ्ल्याट भाडामा दिन्छन्, त्यो बेला ‘ओवरटूरिज्म’को समस्या सतहमा देखिन्छ । जव साँगुरो बाटो पर्यटकका बाहनको कारण जाम हुन्छ त्यो हो, ‘ओवरटूरिज्म’ । जवजंगली जनावर, बन्यजन्तुको बासस्थान र प्राकृतिक सम्पदाहरु पर्यटकको कारण समस्या (खतरामा) पर्छन, त्यसलाई भन्छन्  ‘ओवरटूरिज्म’ ।

यो शब्द पर्यटकले प्रयोग गर्ने शब्द होइन किनकी स्थनीय बासिन्दा, पर्यटन व्यवशायी र पर्यटन क्षेत्रका मानिसहरुले ‘ओवरटूरिज्म’को अवस्था भएको प्रतिक्रिया दिने गर्छन्, कहिले व्यक्त रुपमाकहिले व्यवहारमा । 

प्रतिक्रिया दिनुहोस