सेतो बिरालो र कालो बिरालोका कुरा - Aarthiknews
aarthiknews.com शुक्रबार, २७ मंसिर २०७६   Friday, 13 December, 2019
 
Bajaj_Bike

सेतो बिरालो र कालो बिरालोका कुरा

  • अजय शर्मा
    अजय शर्मा
  • विहीबार, ०५ मंसिर २०७६
Sunrise bank
सेतो बिरालो र कालो बिरालोका कुरा
LBEF
NCH-IPS

नेकपाका शक्तिशाली अध्यक्ष प्रचण्डद्वारा मंसिर ३ गते ‘नवलपरासी औद्योगिक व्यापार मेला -२०७६’ लाई  सम्बोधन गर्ने क्रममा प्रकट गरिएका विचारमध्य दुई वटा कुरामा मेरो गम्भीररूपले ध्यान आकृष्ट भएको छ । एउटा, समाजवाद निर्माणको दौरानमा निजी पुँजीको निर्वाधरूपले विकास हुन दिनुपर्दछ किनभने, मुख्य कुरो अर्थतन्त्रको विकास हो, र पुँजीको विकास र त्यसको नाफाको संरक्षणले त्यो कुरालाई मद्‍दत गर्दछ भन्ने भनाइ, र अर्को, मधेश र नागरिकतासम्बन्धी विचारहरू । 

उहाँले मधेश र नागरिकताका सम्बन्धमा प्रकट गर्नुभएका विचारहरू देशको राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षाका लागि घातक हुनुका बावजूद म यहाँ तिनका बारेमा कुनै टिप्पणी गर्दिनँ । उपर्युक्त समयमा तिनीहरूको बारे अन्त कतै चर्चा गर्नेछु । यहाँ मैले केवल पहिलो विचारको सम्बन्धमा मात्रै सङ्क्षेपमा चर्चा गर्नेछु ।

उपरोक्त सम्बन्धमा उहाँले चीनको कम्युनिस्ट पार्टीभित्र समाजवादी अर्थतन्त्रको निर्माणको दौरानमा ठूलो बहस चलेको कुरा बताउनुभयो । त्यसलाई ठोसरूपमा राख्दै उहाँले भन्नुभयो–‘त्यतिबेला चीनको कम्युनिस्ट पार्टीभित्र एउटा पक्षले निजी क्षेत्रमा पूँजीवादको निर्वाधरूपले विकास गर्न दिनुपर्छ,‘ नाफाको स्वतन्त्रता हुनुपर्छ भन्ने विचार अघि सार्‍यो भने अर्को पक्षले समाजवादी अर्थतन्त्रको विकाससम्बन्धी शास्त्रीय विचार जसले पूँजीको विकासमाथि प्रतिबन्ध लगाउनुपर्छ, निजी पूँजी र नाफालाई संरक्षण गर्नुहुन्न भन्ने विचार अगाडि सार्‍यो ।यस क्रममा उहाँले एक्काइसौँ शताब्दीले पहिलो विचारलाई सहीसिद्ध गरेको र दोस्रो सोचाइलाई गलत प्रमाणित गरेको बताउनुभयो । 

प्रचण्डको पूँजीवादी कार्यदिशाबाट समाजवादी अर्थ व्यवस्थाको निर्माण हुनुसक्दछ भन्ने विचार कुनै मौलिक विचार होइन । त्यो ख्रुस्चेभदेखि तेङ शियाओपिङसम्मले वकालत गरेको सडेको बुर्जुवा विचार होस् जसले समाजवादी अर्थ व्यवस्थाको होइन, पूँजीवादी अर्थ व्यवस्थाको विकास गर्छ ।

यसै क्रममा उहाँले बिरालोको काम मुसा मार्ने हो, यदी त्यसले मुसा मार्छ भने त्यसको रङ सेता वा कालो हुनुले कुनै अर्थ राख्दैन भन्नुभयो । उहाँले यतिसम्म भन्नुभयो कि बिरालोको रङमा ध्यान दिनेको अर्थतन्त्र डामाडोल भयो भने बिरालोको रङमा ध्यान नदिनेहरूले निकै आर्थिक विकास गरे । 

अजय शर्माप्रचण्डको पूँजीवादी कार्यदिशाबाट समाजवादी अर्थ व्यवस्थाको निर्माण हुनुसक्दछ भन्ने विचार कुनै मौलिक विचार होइन । त्यो ख्रुस्चेभदेखि तेङ शियाओपिङसम्मले वकालत गरेको सडेको बुर्जुवा विचार होस् जसले समाजवादी अर्थ व्यवस्थाको होइन, पूँजीवादी अर्थ व्यवस्थाको विकास गर्छ । जहाँसम्म प्रचण्डको आर्थिक विकासको सम्बन्धमा सेतो बिरालो र कालो बिरालोको उदाहरणको कुरा छ, त्यो पनि उहाँको मौलिक भनाइ होइन । 

त्यो भनाइ  समाजवाद निर्माणको दौरानमा चीनको कम्युनिस्ट पार्टीभित्र चलेको दुई लाइनको सङ्घर्षको क्रममा पूँजीपन्थीहरूले अघि सारेको वैचारिक र राजनीतिक कार्यदिशाको संश्लेषितरूप हो, जसलाई तेङ शियाओपिङले अघि सारेका थिए । पार्टी र सरकारमा पूँजीवादी र सर्वहारावादी लाइनको बीच जीवन-मरणको सङ्घर्ष चलिरहेको अवस्थामा माओले वर्गसङ्घर्षलाई समाजवादी समाजको मुख्य चालक शक्तिका रूपमा अघि सार्नुभयो । 

उहाँले सर्वहारावादी वैचारिक र राजनीतिक कार्यदिशाको अवलम्बनबाट मात्र चीनमा समाजवाद निर्माण अघि बढ्न सक्दछ भन्ने कुरामा जोड दिनुभयो । त्यसप्रति असहमति राख्दै लिउ शाओची, तेङ शियाओपिङलगायतले भौतिक वस्तुको उत्पादनमा जोड दिने कार्यदिशाको अवलम्बनबाट मात्र चीनको विकास र समृद्धि सम्भव हुन्छ भन्ने विचार अघि सारे । उनीहरूको त्यसप्रकारको विचारले चीनको आर्थिक विकासको निम्ति वर्गसङ्घर्ष र सर्वहारावादी राजनीतिक कार्यदिशालाई गलत मात्र नमानेर वाधक नै मान्दथ्यो । उनीहरू मुख्य कुरो चीनको आर्थिक विकास हो भन्ने कुरा मान्दथे । पूँजीवादी कार्यदिशाको अवलम्बनबाट चीनको आर्थिक प्रगति एवम् उन्नति हुनसक्ने भएको तर्क गरेर त्यसलाई अपनाउन जोड दिए । 

तेङ शियाओपिङले आर्थिक विकासको प्राप्तिलाई मुसा समाउने अर्थमा तथा सर्वहारावादी कार्यदिशा र पूँजीवादी कार्यदिशालाई बिरालोको क्रमशः सेतो र कालो रङको रूपमा चित्रण गरेर उपरोक्त भनाइ अघि सारेका थिए । प्रचण्डले चीनको कम्युनिस्ट पार्टीभित्र समाजवादी अर्थतन्त्रको निर्माणको सम्बन्धमा बहस चलेको र त्यसमा दुई वटा विचार देखा परेको कुराको चर्चा गर्ने क्रममा कुन चाहिँ विचारको नेतृत्व कसले गर्दथ्यो र कसको चाहिँ विचारलाई एक्काइसौँ शताब्दीले सहीसिद्ध गर्‍यो, र कसको चाहिँ विचारलाई गलत प्रमाणित गर्‍यो भन्ने बारे खुलाउनुभएको छैन । \

त्यस्तै गरेर उहाँले अर्थतन्त्र डामाडोल भएको जुन कुरा गर्नुभएको छ, त्यो पूँजीवादको पुनर्स्थापना प्रतिको उहाँको गौरव हो भने जुन अर्थतन्त्रहरूले विकास गरेको कुरालाई उदाहरणीय तथ्यको रूपमा अघि सार्नुभएको छ, त्यो समाजवादी अर्थतन्त्रको विघटनबाट प्राप्त उहाँको आत्मरति हो ।

जस्तो कि मेरो माथिको चर्चाबाट यो कुरा प्रष्ट भइसकेको छ कि प्रचण्डले आफ्नो सम्बोधन भाषणमा चीनको कम्युनिस्ट पार्टीभित्र त्यतिबेला देखिएको भनेको शास्त्रीय समाजवादी धारा माओको समाजवादी अर्थतन्त्रको निर्माणसम्बन्धी सर्वहारावादी, माक्सवादी-लेनिनवादी धारा थियो । उहाँले एक्काइसौँ शताब्दीले सिध्याएको धारा भनेर जुन कुरा भन्नुभएको छ, त्यो माओको त्यही धारा हो । त्यसमा उहाँले अर्को धाराको जुन कुरा गर्नुभएको छ, त्यो लिउ शिओचि, तेङ शियाओपिङको पूँजीवादी धारा हो, जसलाई उहाँले एक्काइसौँ शताब्दीले सही प्रमाणित गरेको बताउनुभएको छ । 

त्यसै गरेर उहाँले अर्थतन्त्र डामाडोल भएको जुन कुरा गर्नुभएको छ, त्यो पूँजीवादको पुनर्स्थापना प्रतिको उहाँको गौरव हो भने जुन अर्थतन्त्रहरूले विकास गरेको कुरालाई उदाहरणीय तथ्यको रूपमा अघि सार्नुभएको छ, त्यो समाजवादी अर्थतन्त्रको विघटनबाट प्राप्त उहाँको आत्मरति हो ।

विगतमा माओका योगदानलाई लेनिनवादी युगअन्तर्गतकै योगदान मानेर तिनलाई विचारको रूपमा ग्रहण गर्नुपर्छ भन्नेहरूलाई संशोधनवादी बताएर माओवादको दृढतापूर्वक आत्मसातीकरणमा जोडदिने प्रचण्डबाट यो हदसम्म झरेर गरिएको माओको यस्तो निन्दाबाट कुनै पनि व्यक्तिको वैचारिक र राजनीतिक पतनले उसलाई कहाँसम्म पुर्‍याउन सक्दछ भन्ने कुरालाई बुझ्न धेरै मद्‍दत गर्दछ । यस सम्बन्धमा उहाँले तेङ शियाओपिङ र उनका इमान्दार चेलालाई पनि उछिन्नुभएको छ । सम्भवतः तेङ शियाओपिङको ‘यदि बिरालोले मुसा समाउछ भने त्यसको रङ सेतो वा कालो हुनुले कुनै फरक पर्दैन’ भनाइलाई खुल्लारूपबाट मार्गदर्शक सिद्धान्त स्वीकारेर प्रचण्डले संशोधनवादको इतिहासमा नयाँ रेकर्ड कायम गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस