फेरि अर्का मन्त्रीले पनि चप्पलमै लिए सपथ - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

फेरि अर्का मन्त्रीले पनि चप्पलमै लिए सपथ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
Sunrise bank
फेरि अर्का मन्त्रीले पनि चप्पलमै लिए सपथ
LBEF
NCH-IPS

काठमाडौं । सार्वजनिक कार्यक्रममा ‘ड्रेस कोड’लाई महत्व दिँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्नगठित मन्त्रिमण्डलका एक जना मन्त्रीले चप्पलमै सपथ ग्रहण गरेर ड्रेस कोडलाई फेरि एकपटक खिल्ली उडाएका छन् ।

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयेश त्रिपाठीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दा चप्पल लगाएरै सपथ लिएका छन् । 

सामान्यतया यस्तो अवस्थामा राष्ट्रिय पोशाक (दौरा सुरुवाल र कोट) लगाइने  गरिए पनि तराईबाट प्रतिनिधित्व गर्ने नेताहरुमध्ये अधिकांशले पछिल्लो समयमा तराईमा प्रचलित पोशाक लगाउँदै आएका छन् । अरु बेला भिन्न पोशाक लगाए पनि सार्वजनिक कार्यक्रममा उनीहरु धोती कुर्ता नै लगाउने गरेका छन् ।

मन्त्री त्रिपाठीले पनि कुर्ता पाइजमासँगै चप्पल लगाएका देखिन्छन् । राष्ट्रपति कार्यालयले समेत ड्रेस कोडलाई कडाइ गर्दै आएको भए पनि मन्त्रीहरुका हकमा भने सधैं मौन रहने गरेको छ ।
 यसअघि कांग्रेस–माओवादी गठबन्धको सरकारमा पनि महेन्द्र यादवले चप्पलमा सपथ ग्रहण गरेपछि विवादमा आएका थिए । 

प्रतिक्रिया दिनुहोस