स्मार्ट सिटी र नयाँ शहरको काम धमाधम, ठेकेदार छनोट गरिँदै - Aarthiknews
aarthiknews.com सोमबार, ३० मंसिर २०७६   Monday, 16 December, 2019
 
Bajaj_Bike

स्मार्ट सिटी र नयाँ शहरको काम धमाधम, ठेकेदार छनोट गरिँदै

  • प्रजिता पाैडेल
    प्रजिता पाैडेल
  • विहीबार, ०५ मंसिर २०७६
Sunrise bank
LBEF
NCH-IPS

काठमाडौं । शहरी विकास विभागले देशका विभिन्न १३ स्थानमा स्मार्ट सिटी निर्माण गर्न ठेक्का खरिद प्रक्रिया अगाडि बढाएको छ । विभागले निर्माण व्यवसायी छनोटको लागि सार्वजनिक खरिद प्रक्रियाअन्तर्गत बोलपत्र आह्वान गरेको छ । 

विभागले निर्माण गर्न लागेको ४५ वटै नयाँ शहरको लागि चालू आर्थिक वर्षमा २ अर्ब बजेट विनियोजन गरेको थियो । उक्त बजेटमध्ये १३ वटा स्मार्ट सिटी निर्माणका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रत्येक स्मार्ट सिटीलाई ५०–५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको शहरी विभागका आयोजना उपनिर्देशक सचिन्द्र कुमार देवले जानकारी दिए ।

स्मार्ट सिटी निर्माण गर्नको लागि विभागले एउटा शहरवापत निर्माण कम्पनी छनोट गरी निर्माणको लागि जम्मा दिइने उपनिर्देशक देवले बताए । विभागले निजगढ, लुम्बिनी, पालुङटार, धनकुटा, मिर्चैया, चन्द्रपुर, काभ्रे, भरतपुर, वालिङ, तुलसीपुर, दुल्लु, अमरगढी र टीकापुरमा स्मार्ट सिटी निर्माण गर्न लागेका छ ।

उक्त स्मार्ट सिटीको निर्माणका लागि हाल ठेकेदार छनोट प्रक्रिया शुरु भएको हो । निर्माण व्यवसायी छनोटका लागि करिब ४५ दिन लाग्ने देवले जानकारी दिए । विभागका अनुसार पछिल्लो समय, फिदिम, धनुषा र पर्सामा तीव्र गतिमा नयाँ शहर निर्माणको काम भइरहेको छ । यस्तै हुलाकी राजमार्ग तथा तराई मधेसका १५ वटा नयाँ शहरको डीपीआर सम्पन्न भइ विभिन्न शहरमा काम भइरहेको देवले बताए ।

देशभर ४५ वटा नयाँ शहरहरु निर्माण गरिने गरी काम अघि बढिरहेको विभागले जनाएको छ । सरकारले २० वर्षभित्र स्थानमा नयाँ शहर निर्माण गरी विकसित शहर बनाउने योजना बनाएको छ । स्मार्ट शहरमा आवश्यक परेको स्थानमा ल्यान्डपुलिङ हुनेछ । स्मार्ट सिटीको निर्माण गर्ने स्थानमा एक लाख जनसंख्या र पूर्वाधारलगायत सबै कुराको व्यवस्था हुने शहरी विकास आयोजनाले जनाएको छ ।


मध्यपहाडी लोकमार्गमा १२ नयाँ शहर 
निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको १२ वटा शहरको भौतिक पूर्वाधार निर्माणको कामलाई शहरी विकास आयोजनाले अगाडि बढाइरहेको छ ।
सेवा, सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यका साथ सरकारले आर्थिक वर्ष २०६७/६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको छेउछाउमा १२ वटा नयाँ शहर विकास गर्ने नीति ल्याएको थियो । 

सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन तथा पछि थप भएका सुर्खेत भेरी गंगा र प्युठानको भिंग्री थप गरी १२ वटा स्थानमा आधुनिक सुविधासम्पन्न शहर निर्माण गर्न लागेको हो ।

त्यस्तै झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोत्तरीको मनरा, सर्लाहीको ब्रम्हपुरी, रौतहटको मौलापुर, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट, बर्दियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलैरीमा नयाँ शहर निर्माण गरिने भएको छ । 
प्रत्येक शहरमा बसपार्क, मनोरञ्जन पार्क, तरकारी बजार, सडक, खानेपानी, खेलकुद मैदान, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको विकास गरिने योजना रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस