शीर्षकहरू

मर्चेन्ट बैंकर एशोसिएनमा नयाँ कार्य समिति चयन, अध्यक्षमा रायमाझी

मर्चेन्ट बैंकर एशोसिएनमा नयाँ कार्य समिति चयन, अध्यक्षमा रायमाझी

काठमाडौं । मर्चेन्ट बैंकर एशोसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ । एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको जानकारी एशोसिएसनले दिएको हो । 

एशोसिएसनका अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी, महासचिवमा  गरिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई तथा कोषाध्यक्षमा एनआईएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिभांत पाण्डे निर्वाचित भएका हुन् ।

त्यस्तै, कार्यसमिति सदस्यहरुमा सिद्दार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्की, कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र नेपाल एसबिआई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत लेख नाथ पोखरेल निर्वाचित भएको जानकारी एशोसिएसनले दिएको छ । 

यसअघि एशोसिएसनको नेतृत्व लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले गर्दै आएका थिए । श्रेष्ठ नेतृत्व कार्यसमितिको कार्यकाल सकिएसँगै नयाँ कार्यसमिति चयन भएको हो । नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकहरुको कार्य गर्न ३० वटा मर्चेन्ट बैंंकले अनुमति लिएका छन् ।