नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुककै वर्चश्व - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुककै वर्चश्व

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
Sunrise bank
नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुककै वर्चश्व
LBEF
NCH-IPS

काठमाडाैं । नेपाल भित्रने रेमिट्यान्समा खाडी मुलुककै वर्चश्व देखिएको छ । विश्व बैंकका अनुसार नेपालमा ३९ मुकुकबाट रेमिट्यान्स प्राप्त हुने गरेकोमा खाडी मुलुकबाट सर्वाधिक रेमिट्यान्स भित्रने गरेको छ ।

विश्व बैंकले चालु वर्ष सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स ८ अर्ब ६४ करोड ३० लाख अमेरिकी डलर (९ खर्ब ८५ अर्ब रुपैयाँ) पुगेको जनाएको छ । बैंकद्वारा सार्वजनिक तथ्यांक अनुसार सन् २०१९ मा नेपाल भित्रने रेमिट्यान्स यहाँको कुल गार्हस्थ उत्पादन (जीडीपी) को २०.९ प्रतिशत हो ।

बैंकका अनुसार सन् २०१८ मा नेपालमा ८ अर्ब ३१ करोड डलर रेमिट्यान्स भित्रिएको थियो । यस्तै, नेपालमा ३९ मुलुकबाट रेमिट्यान्स प्राप्त हुने गरेको छ । रेमिट्यान्स प्रवाहका आधारमा कतार पहिलो नम्बरमा छ भने साउदी अरब दोस्रो र भारत तेस्रो नम्बरमा छ ।

बैंकका अनुसार सन् २०१८ मा कतारबाट २ अर्ब २२ करोड ७० लाख अमेरिकी डलर, साउदी अरबबाट २ अर्ब ३ करोड ९० लाख डलर र भारतबाट १ अर्ब ३३ करोड ७० लाख डलर रेमिट्यान्स भित्रिएको छ ।

नेपाली कामदारहरू जाने क्रम घटेसँगै मलेसियाबाट भित्रने रेमिट्यान्समा व्यापक गिरावट आएको छ । सन् २०१८ मा मलेसियाबाट ७४ करोड ५० लाख डलर रेमिट्यान्स भित्रिएको बैंकको तथ्यांकमा उल्लेख छ ।

चौथो स्थानमा रहेको अमेरिकाबाट ५७ करोड डलर २० लाख, पाँचौं स्थानमा रहेको कुवेतबाट ३० करोड १० लाख डलर, छैठौं स्थानमा रहेको बेलायतबाट २० करोड १० लाख डलर, सातौं स्थानमा रहेको अष्टे«लियाबाट २१ करोड ६० लाख डलर, आठौं स्थानको यूएइबाट १३ करोड ६० लाख डलर, बंगलादेशबाट ९ करोड १० लाख डलर र दसौं स्थानमा रहेको हङकङबाट ४ करोड ६० लाख अमेरिकी डलर रेमिट्यान्स नेपाल भित्रिएको छ ।

यसैबीच, नेपालमा भित्रने रेमिट्यान्सको तथ्यांकमा विश्व बैंकले विश्वव्यापी द्विपक्षीय प्रवाहका आधारमा निकाल्ने तथ्यांक र नेपाल राष्ट्र बैंकले निकाल्ने तथ्यांकबीच व्यापक भिन्नता देखाएपछि राष्ट्र बैंकले पुनरावलोकन थालेको छ । राष्ट्र बैंकको विवरणले यसअघि अमेरिकाबाट सर्वाधिक रेमिट्यान्स भित्रने गरेको उल्लेख गर्दै आएको थियो । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस