५३ वर्ष पछि काठमाडौंको पानीपोखरीमा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग काठमाडौं स्थित पानीपोखरीमा रहेको जलमापन केन्द्रले असोज १२ (शनिबार) २०६.६ मिलिमिटर वर्षाको मापन गरेको छ । यस अघि २०२८ साल जेठ ३१ गते सोमबार सबैभन्दा धेरै १९८ मिलिमिटर वर्षाको मापन गरेको थियो । ५३ वर्ष वर्ष नयाँ रेकर्ड कायम भएको महाशाखाका महानिर्देशक जगदिश्वेर कर्माचार्यले बताए ।
विभागले असोज १२ गते ८.४५ मा मापन गरिएको वर्षाको तथ्यांक अनुसार १४ वटा जिललाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोकिएको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
त्यस्तै, नुवाकोटको ककनीमा ५२ वर्षपछि अधिक वर्षा भएको छ । महानिर्देशक कर्माचायका अनुसार ककनी केन्द्रले शनिबार १६९.२ मिलिलिटर वर्षाको मापन गरेको छ । यस अघि २०२९ साल साउन १३ गते शुक्रबार १६१ मिलिमिटर वर्षा मापन भएको थियो ।
अर्घाखाँची, चितवन, धादिङ, भाmपा, काठमाडौ, काभ्रेपलान्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, पाल्पा, पाँचथर, सिन्धुपाल्चोक, भक्तपुर र तनहुँमा रेकर्ड ब्रेक भएको उनले बताए ।
हालसम्म प्राप्त तथ्यांकका अनुसार मकवानपुर स्थित दामन केन्द्रले ४१० मिमि वर्षाको मापन गरेको छ । यस अघि ३७३.२ मिमि २०५० साल साउन ५ गते मा वर्षा भएको मापन गरिएको थियो ।
सिन्धुपाल्चोकको बाहुनेपाटी केन्द्रले भने ४६ वर्ष पछि सबैभन्दा धेरै वर्षाको मापन गरेको छ । केन्द्रले शनिबार १९०.६ मिलिलिटर वर्षाको मापन गरेको छ । यस अघि २०३५ साउन २ गते सबैभन्दा धेरै १३७.५ मिलिलिटर वर्षाको मापन गरेको थियो ।
तहुँनको खैरेनीटार केन्द्रले ४१ वर्ष धेरै वर्षाको मापन गरेको छ । केन्द्रले शनिबार २५२.३ मिलिलिटर वर्षाको मापन गरेको छ । यस अघि केन्द्रले २०४० साल साउन १ गते सबैभन्दा धेरै २४१.९ मिलिलिटर वर्षा भएको मापन गरेको थियो ।
काठमाडौं विमानस्थल, बुढानिलकण्ठ, धुनिखेल, गोदावरी, टिकाथली, खोकना, चापागाउँ २२ वर्षपछि धेरै वर्षा मापन भएको छ ।
काठमाडौं स्थित काठमाडौं बिमानस्थल मापन केन्द्रले शनिबार २३९.७ मिलिमिटर वर्षा मापन गरेको छ । बुढानिलकण्ठ मापन केन्द्रले १७८.३ मिलि मिटर मापन गरेको छ ।
निखेलले २२४.६, गोदावरीले ३११.६, टिकाथलीले २६४, खोकनाले २९७.३, चापागाउँले ३२३.५ मिलिमिटर मापन गरेको छ । यस अघि भने २०५९ साउन ७ गते क्रमश १७७, १५९, २२०, २२५.२, २०७, २४९.२, २००.५ मिलिमिटर मापन भएको थियो ।
अर्घाखाचीको सन्धिखर्क केन्द्रले १९६.६ मिलिलिटर वर्षा मापन गरेको छ । यस अघि २०७८ असार २ गते १६६ मिलिलिटर वर्षाको मापन गरेको थियो । चितवनको गोविन्दबस्ती केन्द्रले २६४ मिलिलिटर मापन गरेको छ । यसअ अघि २०८१ साउन ४ गते १९६ मापन भएको थियो ।
धादिङको गजुरीमा २६१.२ मिमि मापन भएको छ । यसअघि २०७८ असार १८ गते १३१.३ रेकर्ड भएको थियो । झापाको चन्द्रगढी बिमानस्थल मापन केन्द्रले शनिबार २५६ मिमि मापन गरेको छ । यस अघि २०७८ असार १४ मा १८८.२ वर्षाको मापन भएको थियो ।
काठमाडौको जितपुफेदीले शनिबार १७८.३, नागर्जुनले २०५.४ वर्षाको मापन गरेका छन् ।
काभ्रेपलान्चोक जिल्लाको खोपासी केन्द्रले ३३१.६ मिलिमिटर मापन गरेको छ । यस अघि केन्द्रले २०१५ सेप्टेम्बर ३ मा अधिकत्तम २७६.९ मिलिमिटरसम्म मापन गरेको थियो ।
ललितपुरको गोदावरी केन्द्रले ३११.६ मिलिमिटर मापन गरेको छ । यस अघि २००२ जुलाई २३ मा अतिकत्तम २२५.२ मिलिमिटर मापन गरेको थियो ।