शीर्षकहरू

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत तीन योजनाले घोषणा गरे यस वर्षको प्रतिफल

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत तीन योजनाले घोषणा गरे यस वर्षको प्रतिफल

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन योजनाले यस वर्षका लागि प्रतिफल घोषणा भएको छ ।

योजना व्यवस्थापकको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्ड–१ को लागि ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड–२ को लागि ६ दशमलव ५ प्रतिशत र सिटिजन्स सुपर ३० को लागि १० प्रतिशत कर समेत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

तीन ओटै योजनाहरुले प्रतिफल प्रयोजनका लागि असोज २३ गते एक दिन बुक क्लोज गर्न लागेका छन् । बुक क्लोजको आधारमा असोज २२ गतेसम्म कायम इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।