शीर्षकहरू

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता

चितवन । भरतपुर महानगरपालिका वाड नं १० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंक लिमिटेडबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकको चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेका एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  

सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत विशेष छुट पाउने भएका छन् । सिओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई  बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र युएसजि मा समेत २० प्रतिशतसम्मको छुट पाउने भएका छन् ।  

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले कलेज अफ मेडिकल साइन्सको सुविधा तथा सेवा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । यो सुविधा प्राप्त गर्नको लागि प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खुल्ने कागजात अनिवार्य पेश गर्नु पर्ने बैंकले जनाएको छ ।