शीर्षकहरू

झ्याप्ले खोला पहिरो : तीन गाडीबाट ३५ जनाको शव निकालियो, १२ को पहिचान

झ्याप्ले खोला पहिरो : तीन गाडीबाट ३५ जनाको शव निकालियो, १२ को पहिचान

काठमाडौं । धादिङको धुनिवेसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा आएको पहिरोमा पुरिएका बसबाट हालसम्म ३० जनाको शव निकालिएको छ । शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार दिउँसो २ बजेसम्म थप २१ जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

उक्त ठाउँमा पुरिएका तीन वटा बस र हायसबाट ती शव निकालिएको हो । त्यहाँ कतिवटा सवारीसाधन पुरिएका छन् भन्ने खुलेको छैन ।

शनिबार दुईवटा बसबाट शव निकालिएकोमा थप दुई बस हराइरहेको खबर प्राप्त भएपछि आइतबार बिहानैदेखि त्यहाँ स्क्याभेटर लगाएर पहिरो हटाउने क्रम जारी छ । 

फेला पर्नेमध्ये १२ जनाको परिचय खुलेको छ । जसमा हायस चालक स्याङ्जाका रमेश लुइँटेलसहित यात्रुहरू स्याङ्जाका दीपेश भट्टराई, दीपक भट्टराई, सीता भट्टराई, बुटवलका प्रकाश कुँवर, सिर्जना कुँवर, अनु मल्ल, गुल्मीका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझी, कपिलवस्तुका बोमबहादुर मगर र ठेगाना खुल्न बाँकी भीमा कुमारी रहेका छन् । 

पहिरोमा परेकाहरूको अहिले पनि उद्धार कार्य जारी रहेको छ ।