शीर्षकहरू

राजमार्ग बन्द भएपछि विमानस्थलमा यात्रुको चाप, दुई दिन टिकट छैन, मूल्य बढाइयो [फोटोफिचर]

राजमार्ग बन्द भएपछि विमानस्थलमा यात्रुको चाप, दुई दिन टिकट छैन, मूल्य बढाइयो [फोटोफिचर]

काठमाडौं ।  शुक्रबार र शनिबारको अविरल वर्षापछि देशभर विभिन्न ३२ वटा राजमार्गका ६८ वटा सडक पूर्ण अवरुद्ध भएका छन् । केही ठाउँमा आंशिक रूपमा सडक सञ्चालनमा आए पनि अधिकांश ठाउँमा सडक पूर्णतया अवरुद्ध छ । काठमाडौं जोड्ने सबै सम्पर्क सडक विच्छेद भएका छन् ।

मौसममा सुधार भएपछि काठमाडौंसहित देशभर ८ वटा विमानस्थल सञ्चालनमा आएका छन् । राजमागर्ग अवरुद्ध भएपछि विमानस्थलमा यात्रुको चाप बढेको छ । तीन दिन मौसमका कारण बन्द हवाई उडान आजदेखि सुरु भएपछि यात्रुको चाप बढेको हो । यात्रु बढे पनि टिकट भने भोलिसम्मका लागि लगभग सबै सकिएका छन् ।

पर्सिको टिकट उपलब्ध रहेकोमा मूल्य भने बढेको छ । शुक्रबारसम्म १३ देखि १४ हजार रहेको टिकटको मूल्य आज १७ हजार नाघेको छ । 

तस्वीरहरू

​​​​​​​