शीर्षकहरू

एनआईसी एशिया ग्रोथ फण्डले कमायो १२ करोडभन्दा बढी नाफा

एनआईसी एशिया ग्रोथ फण्डले कमायो १२ करोडभन्दा बढी नाफा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनआईसी एशिया ग्रोथ फण्डले १२ करोड ४३ लाख रुपैयाँभन्दा बढी नाफा कमाएको छ । साउन मसान्तसम्मको तुलनामा भदौमा योजनाको नाफा घटेको हो । 

साउन मसान्तसम्म योजनाले २२ करोड ७६ लाख रुपैयाँभन्दा बढी नाफा गरेको थियो । साउन मसान्तसम्म योजनाले २२ करोड ९८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले भदौ मसान्तसम्म १२ करोड ८१ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हो ।

आम्दानी घटेको र खर्च कम भएको कारण योजनाको नाफामा असर परेको हो । साउन मसान्तसम्म २१ लाख ९७ हजार रुपैयाँभन्दा बढी खर्च गरेको योजनाले भदौ मसान्तसम्म ३७ लाख ५२ हजार रुपैयाँभन्दा बढी खर्च गरेको हो ।

योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य साउनको तुलनामा भदौमा घटेको छ । साउनमा १३ रुपैयाँ ६९ पैसा रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य भदौमा भने ११ रुपैयाँ ५० पैसा कायम भएको हो । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले ८ करोड ३५ लाख २० हजार इकाई जारी गरेको थियो । 

धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य ६० करोड २० लाख ५७ हजार रुपैयाँभन्दा बढी छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने लगानीमूल्यभन्दा बढी देखिन्छ । 

बैंक मुद्धती निक्षेपमा १२ करोड ५० लाख लगानी गरेको योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने ७२ करोड ३४ लाख ७० हजार रुपैयाँभन्दा बढी कायम छ ।