शीर्षकहरू

झ्याप्लेखोलामा पुरिएको बसबाट १३ जनाको शव निकालियो

झ्याप्लेखोलामा पुरिएको बसबाट १३ जनाको शव निकालियो

काठमाडौं । धादिङको झ्याप्लेखोलामा पुरिएको बसबाट १३ जनाको शव निकालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत झ्याप्ले खोलामा पुरिएका दुई बसबाट हिजै मात्र १४ जनाको शव निकालिएको थियो ।

उक्त ठाउँमा अर्को पनि बस पुरिएको अवस्थामा भेटिएपछि आज थप १३ शव निकालिएको हो । उक्त बस गोरखाबाट काठमाडौं आउँदा सम्पर्कविहीन भएको बस भएको अनुमान गरिएको छ । यद्यपि, बस आधा पुरिएकै अवस्थामा रहेको र नम्बरप्लेट नदेखिएका कारण यकिन हुन सकेको छैन ।

लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको थियो । बसमा रहेका यात्रुका परिवारले उक्त बस खोजिदिन आग्रह गरेपछि बस हराएको थाहा भएको थियो ।

चितवन–काठमाडौं रूटमा चल्ने बा २ ख १३४५ नम्बरको माइक्रोबस पनि सम्पर्कविहीन रहेको छ । उक्त माइक्रोबस पनि त्यहीँ पुरिएको अनुमानसहित खोजी र उद्धार कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।