शीर्षकहरू

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम

प्राइम कमर्सियल बैकको रक्तदान कार्यक्रम

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले २०८१ असोज ११ गते आफ्नो १७औ वार्षिकोत्सवको अवसरमा रक्त दान कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले उत्तल अवसरमा केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो ।  उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ३९२ जनाले रक्तदान गरेको बैंकले जनाएको छ ।