मोदी सरकारलाई अर्थतन्त्रले दियो गतिलो झड्का - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

मोदी सरकारलाई अर्थतन्त्रले दियो गतिलो झड्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
Sunrise bank
मोदी सरकारलाई अर्थतन्त्रले दियो गतिलो झड्का
LBEF

नयाँ दिल्ली (भारत) । सन् २०१९ को तेस्रो त्रैमासमा भारतको अर्थतन्त्र ५ प्रतिशतभन्दा कमजोर वृद्धिदर हासिल भएको विश्लेषकहरूले बताएका छन् ।  भारतको स्टेट बैंक अफ इन्डिया, नोमुरा होल्डिङ इंक र क्यापिटल इकोनोमिक्स लिमिटेडले तेस्रो त्रैमासको लागि आफ्नो प्रक्षेपण घटाएका हुन् । उनीहरूले अहिले गरेको प्रक्षेपण ४ दशमलव २ देखि ४ दशमलव ७ प्रतिशतको बीचमा रहेको उल्लेख गरेका छन् । भारतले आगामी साता उक्त त्रैमासको आर्थिक तथ्यांक सार्वजनिक गर्नेछ । 

यस वर्षको दोस्रो त्रैमासमा भारतको अर्थतन्त्र ५ प्रतिशतले बढेको थियो । नोमुराका भारतको प्रमुख अर्थविद् सोनाल वर्माले उक्त त्रैमासमा ४ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको बताए । भारतको अर्थतन्त्रमा देखिएको सुस्ती रोक्न केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले यस वर्ष मात्र पाँचपटक ब्याजदरमा कटौती गरिसकेको छ । साथै केही महŒवपूर्ण मौद्रिक नीति पनि उसले अघि सारेको छ, जसमा कम्पनीहरूलाई २० अर्ब डलरको कर कटौतीको योजना पनि समावेश छ । स्टेट बैंक अफ इन्डियाको मुम्बईका प्रमुख आर्थिक सल्लाहकार सौम्यकान्ति गोन डिसेम्बरमा भारतको ब्याजदरमा थप कटौती हुनसक्ने बताउँछन् । 

सिंगापुरस्थित क्यापिटल इकोनोमिक्सका वरिष्ठ भारतीय अर्थविद् शिलान शाहले भने उक्त ३ महीनामा भारतको अर्थतन्त्र ४ दशमलव ७ प्रतिशत बढेको अनुमान गरेका छन् । भारतको अर्थतन्त्रमा आगामी वर्ष भने सुधार हुने अनुमान गरिएको छ । भारत सन् २०२४ सम्ममा अर्थतन्त्रको आकार अहिलेको तुलनामा झण्डै दोब्बर बनाउने लक्ष्यमा अघि बढिरहेको छ । यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस