मन्त्रिमण्डल पुनर्गठनमा यसरी पाक्दैछ खिचडी, नेपाली राजनीतिमा ‘प्रचण्ड युग’को अवसान शुरु - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

मन्त्रिमण्डल पुनर्गठनमा यसरी पाक्दैछ खिचडी, नेपाली राजनीतिमा ‘प्रचण्ड युग’को अवसान शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
Sunrise bank
मन्त्रिमण्डल पुनर्गठनमा यसरी पाक्दैछ खिचडी, नेपाली राजनीतिमा ‘प्रचण्ड युग’को अवसान शुरु
LBEF
NCH-IPS

 काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद पुनर्गठन गर्दैछन् । नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग कुरा मिलिसकेको अवस्था छैन तरपनि उनले बुधबार कुनैपनी कार्यक्रममा नजान मन्त्रीहरुलाई निर्देशन दिइसकेका छन् ।

तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक दिउँसो साढे १२ बजे बसेर  मन्त्रिपरिषद हेरफेरको अन्तिम टुङ्गो लगाउँदै छ । सचिवालय बैठकअघि नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बिहान छलफल हुँदैछ । सो छलफलमा प्रचण्डले पूर्वमाओवादीको तर्फबाट मन्त्री बन्नेहरुको सूची प्रधानमन्त्रीलाई दिने बताइएको छ । तर, उनको सुची हुबहु नस्वीकारिने सम्भावना धेरै रहेको बताईन्छ ।

‘भ्यागुताको धार्नी’ नपुग्ने निष्कर्ष

पार्टी भित्र सहमति जुट्नु अघि नै हतारोमा ओलीले किन मन्त्री फेर्ने घोषणा गरेका होलान् यो प्रश्न उठिसकेको छ । नेकपाका ओली निकट एक नेताका अनुसार ‘भ्यागुताको धार्नी’ नपुग्ने निष्कर्षपछि उनले मंगलबार मन्त्री मण्डलमा हेरफेर हुने जानकारी मन्त्रीहरुलाई दिएका हुन् । ‘खासमा प्रचण्डको चाहना र माग के हो त्यो नै कहिल्यै स्पष्ट भएन’ उनले अझ स्पष्ट पारे, ‘सभामुख चाहियो भन्नुहुन्छ, फेरी अब प्रधानमन्त्री नै परिवर्तनको समय हुनलाग्यो किन मन्त्रिमण्डल चलाउने भन्नुहुन्छ, फेरी कहिले मलाई कार्यकारी अध्यक्ष दिनु म पार्टी चलाउछु तपाई सरकार ढुक्कले पाँच वर्ष चलाउनु भन्नुहुन्छ, उहाँको कुरा नै बुझ्न सकिएन ।’

प्रचण्डले हरेक भेटमा नयाँ कुरा र नयाँ सर्त राखेपछी उनको सहमति/असहमतीलाई कुनै महत्व नराखी आफ्नो निर्णय लागु गर्ने सोचमा ओली पुगेको नेकपाका नेताहरु बताउँछन् । त्यसो त ‘आधा’ पाउन ‘पुरै’ माग्ने प्रचण्डको काईदा बारे ओली पक्कै अन्जान छैनन् तर निउँ खोज्नेलाई पुरै पेल्ने उनको पुरानै काईदा आज फेरी प्रयोग हुँदैछ भन्ने अनुमान गरिंदैछ ।

त्यसैले, बालुवाटार निकट एक नेताका अनुसार प्रचण्डले आज देखी बुहारीलाई ‘मन्त्री ज्यू’ भन्नुपर्ने अवस्थाबाट मुक्ति पाउंदैछन् । उनको संचारमन्त्री गोकुल बास्कोटा हटाउनुपर्ने मागपनि सम्बोधन नगर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् । स्रोतका अनुसार, बुधबार बिहान प्रचण्डले सर्वश्व गुम्नु भन्दा जे दिन्छन् त्यसैमा चित्त बुझाए भने केही सन्तुलित निर्णय हुनसक्छ नत्र आजको अपरान्ह उनको लागी खल्लो बन्दैछ ।

फेरियो समीकरण 

प्रचण्डले जसरी नेकपाका अन्य प्रभावकारी नेताहरु माधव नेपाल, बामदेब गौतम र झलनाथ खनाललाई साथमा लिएर ओलीमाथि दवाब दिंदै आएका थिए । त्यो अवस्था ओलीले सोमबार उनीहरुसँग ४ घण्टा बालुवाटारमा गम्भीर छलफल गरेपछी उल्टिएको हो । भित्रि कोठामा शिर्ष नेताहरु छलफल गरिरहँदा मन्त्रिमण्डल पुनर्गठनको निर्णय कुरेर बाहिर बसेका एक नेताका अनुसार ‘चार घण्टे छलफलले आखिर ‘तेल पिना एकै ठाउँ, पानी बाहिर’ को अवस्था सिर्जना भएको हो ।

तथापी, प्रधानमन्त्रिले मन्त्री फेर्नुअघि नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग सहमती जुटाउने अन्तिम प्रयास भने गर्नेछन् । स्रोतका अनुसार, सोमबार बालुवाटारमा ‘मन्त्री बन्ने पक्का हुनु भो’ भन्दै अरु नेताबाट बधाई थापेकी पम्फा भुसालले गृहमन्त्री रामबहादुर थापाको कोटाबाट आफ्नो सिट सुरक्षित गराइसकेकी छिन् । खतरामा परिसकेका रघुबीर महासेठले बामदेबलाई समातेर ‘रेडजोन’ बाट आफुलाई बाहिर निकालेको चर्चा छ ।

अब प्याकेजमा नै सहमती गरौँ भन्ने प्रचण्डको प्रस्ताब खारेज भईसकेको अवस्था हो । यदी बुधबारको भेटमा प्रधानमन्त्रीसँग ठीक ढंगले कुरा भयो भने उनको पनि सम्मानजनक अवस्था रहला नत्र नेकपमा आजदेखि शक्ति सन्तुलन र समीकरण बदलिने पक्का छ ।  

प्रतिक्रिया दिनुहोस