झन् झन् बढ्दैछ तरकारीको भाउ - Aarthiknews
aarthiknews.com आइतबार, ०५ माघ २०७६   Sunday, 19 January, 2020
 
Bajaj_Bike

झन् झन् बढ्दैछ तरकारीको भाउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
Sunrise bank
झन् झन् बढ्दैछ तरकारीको भाउ
LBEF

काठमाडौ । दैनिक उपभोग्य तरकारीको भाउ महँगो भएसँगै सर्वसाधारणको भान्सा महँगो हुँदै गएको छ । राजधानीवासीको मागअनुसार तरकारी आपूर्ति हुन नसकेका कारण सर्वसाधारणको भान्सा महँगो भएको हो । जसले गर्दा सर्वसाधारण उपभोक्ताले तरकारी कम उपभोग गर्ने मात्रै होइन तरकारी विकल्पमा गेडागुडी बढी उपभोग गर्न थालेका छन् ।

कलङ्कीमा भाडा लिएर परिवारसहित बस्दै आएकी भगवती घिमिरेको भान्सामा गएको असोजदेखि हरियो तरकारी कम पाक्न थालेको छ । उनले भनिन्, पहिले दुईथरि तरकारी, दाल र एउटा अचार अनिवार्य हुन्थ्यो अब चाडपर्वका दिनबाहेक अन्य दिन एउटै तरकारीले टार्ने गरेकी छु, यति गर्दा पनि सय रुपियाँको तरकारीले पाँच जनाको परिवारको छाक टार्न मुस्किल छ । अहिले काउली, बन्दा, मूला र सागको त सिजन हो तर त्यो छोइसाध्ये नै छैन के गर्ने ? यस्तै हुने हो भने त भाडामा बस्ने र सर्वसाधारण गरिबलाई त भान्सा चलाउनै समस्या भो घिमिरेले गुनासो गिरन् ।

अहिले इस्कुस केजीको ४०/४५ रुपियाँ, मूला प्रतिकेजी ६० रुपियाँमा पाइन्छ तीेबाहेक अन्य कुनै पनि तरकारी सय रुपियाँ कम मूल्यमा पाइँदैन, सामान्य कमाई हुनेले काठमाडौँमा कसरी बाँच्ने कालीमाटीमा तरकारी किन्दै गर्नुभएका देवेन्द्र अधिकारीले भने । उनले भने, तरकारी नआएर भन्नु भने बजारमा पर्याप्त तरकारी देखिन्छ किन महँगो भएको बुझन गाह्रो भो ।

तरकारीको भाउ पनि पसलैपिच्छे फरक छ, कालीमाटीकै खुद्रा पसलमा तरकारीको भाउ एउटै छैन अन्य ठाउँमा फरक हुनु के नौलो भो र ? अधिकारीले भने । कालीमाटीकै खुद्रा बजारमा सोमबार बिक्रीका राखेका तरकारीमध्ये प्याज प्रतिकेजी १६५ रुपियाँ, घिउसिमी १५५ रुपियाँ, बन्दा प्रतिकेजी १०० रुपियाँ, राजमा सिमी प्रतिकेजी ११० रुपियाँ, आलु प्रतिकेजी ६५ रुपियाँ, गोलभेँडा ठूलो प्रतिकेजी ७० रुपियाँ, मूला सेतो प्रतिकेजी ६० रुपियाँ, बोडी (तने) १२५ रुपियाँ, इस्कुस ५५ रुपियाँ, काँक्रो स्थानीय प्रतिकेजी १५५ रुपियाँ मूल्यमा कारोबार भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस