काठमाडौं । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघभित्र एमालले नेताले राजनीति गरेको व्यवसायीहरुले आरोप लगाएका छन् । गण्डकी प्रदेशका प्रदेश सदस्य रामबहादुर गुरुङले नेपाली कार्पेट उद्योगमा भएको पीडालाई राजनीतिकरण गरेको आरोप लगाएका छन् ।
आइतबार करिब ५० जनाको कार्पेट उद्योगसँग सम्बन्धीत व्यवसायीहरुको टोली सिंहदरबार स्थिति अर्थमन्त्रालयको सुवर्ण सम्शेर हलमा उपस्थित थिए । उनीहरुले कार्पेट उद्योग सञ्चालन गर्दा पाएको पीडा सम्बोधन होला भनेर प्रतिक्षामा रहेका थिए । तर, त्यही समयमा केहि व्यवसायीहरुले हल्ला गर्न थाले यो नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको सहमति विना नै कार्यक्रम भयो ।
एक सहभागी व्यवसायीले भने, ‘यो एमाललेले कार्पेट उद्योगमा भएको पीडालाई आफ्नो राजनीति रङ दिन पूर्वअध्यक्ष तथा एमालेका गण्डकी प्रदेश सदस्य रामबहादुर गुरुङले आफ्नो राजनीति उद्देश्य पुरा गर्न व्यवसायीलाई प्रयोग गरे ।’
नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघका तर्फबाट अध्यक्ष नै उपस्थिति थिएनन भने संघबाट ल्याइएको अन्य सदस्यहरुलाई पनि झुक्याएर ल्याएको ती व्यवसायीले बताए ।
गलैचा उद्योगको कच्चा पदार्थ ऊनमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर(भ्याट)का कारण अन्तराष्ट्रिय स्तरमा प्रतिपर्दा गर्न नसक्ने भएको गुनासो लिएर व्यवसायीहरु मन्त्रालय पुगेका थिए । सरकारले गलैचा उद्योगको कच्चा पदार्थ ऊनमा भ्याट लगाएपछि उन बनाउने कृषकहरुले ऊन तयार गर्न कठिनाइ भएको गुनासो अर्थमन्त्री विष्णु पौडेल समक्षा राखेका थिए । अर्थमन्त्री पौडेलले व्यवसायीहरुको मागलाई गम्भिरताका साथ लिएको बताउँदै आगामी दिनमा नीति बनाउन यसलाई ध्यान दिने बताए ।