aarthiknews.com बुधबार, २८ साउन २०७७   Wednesday, 12 August, 2020
 
Bajaj_Bike
Tasen

अवैध गुट्खा उत्पादकलाई साढे ३६ करोडको राजस्व छली मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
अवैध गुट्खा उत्पादकलाई साढे ३६ करोडको राजस्व छली मुद्दा
LBEF

काठमाडौ । राजस्व अनुसन्धान विभागले झापाको मेचीनगरस्थित साकम्बरी प्रोडक्टका प्रोप्राइटर मुकेश शर्मा र कारोबारको मुख्य व्यक्ति रामकृष्ण शर्मा समेत ६ जनालाई राजस्व चुहावट गरेको अभियोगमा ३६ करोड ५५ लाख रुपैयाँबराबारकोे बिगो कायम गरी झापा जिल्ला अदालतमा  मुद्दा दायर गरेको छ । 

विभागका अनुसार प्रतिवादीहरुको आपसी मिलेमतो र संलग्नतामा साकम्बरी प्रोडक्टले उत्पादन गरेको अवैध गुट्खाजन्य मालवस्तु योजनावद्ध रुपमा माधव इन्टरप्राइजेज समेतको संलग्नतामा उसको बीलबीजक समेतको प्रयोग गरी अन्तःशुल्‍क स्टिकर नलगाई पुनः प्रयोग गरी बिक्री वितरण गरी कानुन बमोजिम तिर्नु बुझाउनुपर्ने अन्तःशुल्क, मु.अ.कर र आयकर राजस्व छली गरेको 
 हो । 

अवैध गुट्खा उत्पादक साकम्वरी प्रोडक्टका प्रोप्राइटर मुकेश शर्मा र सुपरभाइजर विष्णुप्रसाद खरेल, अवैध गुट्खा विक्री वितरण गर्ने एसएस इन्टरप्राइजेजका प्रोप्राईटर रामकृष्ण शर्मा, सुपरभाइजर सदन सिंह तथा अवैध गुट्खा विक्री गर्न विजक र छाप उपलब्ध गराउने माधव इन्टरप्राइजेजका प्रोप्राईटर सिताराम शर्मा तथा सवारी धनी आशिष शर्माको आपसी मिलेमतोमा अबैध रुपमा गुटखा लगायतका मालवस्तु उत्पादन गरी अबैध बिक्री वितरण गरी राजश्व छली राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरेकोले ऐनको दफा ४ (क) र (ख) बमोजिमको कसूर अपराध गरी ऐनको दफा २ (छ१) बमोजिम कायम हुन आउने  कुल बिगो ३६ करोड ५५ लाख ६३ हजारको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय गर्दै आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ । 

त्यस्तै मूल्य अभिवृद्धि करको  नक्कली विजकको प्रयोग गर्ने दुई वटा फर्म र ३ जना व्यक्तिविरुद्ध विभागले १ करोड ७४ लाख २१ हजारभन्दा बढीको बिगो र बिगगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा  आइतबार मुद्दा दायर गरिएको विभागले जनाएको छ । 
 
 विभागका अनुसार गोरखा हंसपुर– ५ घर भई हाल काठमाडौं –३२ बस्ने अम्बेल इन्टरप्राइजेजका प्रोप्राइटर विनिता दुवाडीलाई राजस्व चुहावट गरेको अभियोगमा  १ करोड २८ लाख ७६ हजार बिगो कायम गरी  बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजायको माग दावी लिई मुद्दा दर्ता गरिएको हो।

त्यस्तै काठमाण्डौ महानगरपालिका–३२ बस्ने सुसञ्जित इन्टरप्राईजेजका प्रोपाइर सरस्वती गौतम र उनका श्रीमान रामशरण गौतमले राजस्व चुहावट गरेकाले ४५ लाख ४५ हजार बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना गरी ३ वर्षसम्म कैद सजाय माग गरी  मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस