शीर्षकहरू

बालेनले जारी गरेको परिपत्रविरुद्ध समर्थन माग्दै प्रचण्डलाई भेट्न पुगे एमाले नेताहरू

बालेनले जारी गरेको परिपत्रविरुद्ध समर्थन माग्दै प्रचण्डलाई भेट्न पुगे एमाले नेताहरू

काठमाडौं । नेकपा एमालेका नेताहरूदर् खुमलटार पुगेर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । आज दिउँसो नेकपा (एमाले) बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाण्डाै जिल्लाका इन्चार्ज र पालिका इन्चार्ज, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरुकाे प्रतिनिधि मण्डलले प्रचण्डसँग भेट गरेका हुन् ।

एमाले बागमती प्रदेश इन्चार्ज भट्टराईका अनुसार प्रचण्डलाई भेटी हालै नदी किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेकाे फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेकाे परिपत्रका सम्बन्धमा ध्यानआकर्षित गराएका छन् ।

अदालतकाे फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलाेकनमा जान पर्ने विषयमा सहमति जनाउँदै प्रचण्डले यस किसिमकाे जनसराेकारको विषयमा आफ्नाे दलबाट औपचारिक निर्णय हुने र सरकारले भ्याकेटमा जाँदा आफ्नाे दलकाे समर्थन रहने बताएको भट्टराईले जानकारी दिएका छन् ।