सोमबारदेखि महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प - Aarthiknews
aarthiknews.com सोमबार, २३ मंसिर २०७६   Monday, 09 December, 2019
 
Bajaj_Bike

सोमबारदेखि महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
Sunrise bank
सोमबारदेखि महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प
LBEF
NCH-IPS

काठमाडौं । नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुपअन्तर्गत बालाजु अटोवक्र्सले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीका लागि ‘महिन्द्रा केयर फेस्ट २०१९’ आयोजना गरेको छ । 

 विश्वव्यापी यो कार्यक्रम मंसिर २ गतेदेखि ६ गतेसम्म ५ दिनका लागि नेपाललगायत २५ विभिन्न देशमा आयोजना हुन लागेको छ, जहाँ महिन्द्रा गाडीका दक्ष प्राविधिकले गाडीको ६० जाँच गर्नेछन् । साथै महिन्द्रा उपभोक्ताले उनीहरुको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागि उच्चस्तरीय सेवा प्राप्त गर्नेछन् । यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरका आफ्ना उपभोक्तालाई उनीहरुको परिवारका साथमा उनीको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्नेछन् । 

महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भिसिङ स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजमा १२५ छुट साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि मिलाएको छ । यसका साथै कम्पनीले ग्राहकहरुलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस