महोत्तरी । विगत एक सातादेखि महोत्तरी जिल्लाको बर्दिवासमा जारी ‘शिव पुराण महायज्ञ’ बाट अहिलेसम्म रु ८१ लाख संकलन भएको छ । महायज्ञ मूला आयोजक समितिका अध्यक्ष हीरा गौतमका अनुसार सडक मानवको उद्धार तथा व्यवस्थापनका लागि बर्दिवासमा निर्माण गरिने ‘हाम्रो माया घर’ निर्माणको लागि गरिएको महायज्ञको आज सातौँ दिनसम्म ८१ लाख दुई हजार २३ रुपैयाँ नगद दान प्राप्त भएको हो ।
महायज्ञमा अहिलेसम्म छ सय ५३ जनाले दान गरेकामा एक जनाले भने एक लाख दुई हजार रुपैयाँ गोप्य दान गरेका छन् । साउन २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने महायज्ञबाट आयोजक समितिले हाम्रो माया घर निर्माणका लागि रु डेढ करोड संकलन गर्ने लक्ष्य लिएको छ । जुन लक्ष्य महायज्ञ समापनसम्म पुग्ने विश्वास रहेको छ ।