शीर्षकहरू

प्राइम कलेजका विद्यार्थीले थाइल्याण्डको एआइटी कलेजमा ५० प्रतिशत छात्रवृत्ति पाउने

प्राइम कलेजका विद्यार्थीले थाइल्याण्डको एआइटी कलेजमा ५० प्रतिशत छात्रवृत्ति पाउने

काठमाडौं । प्राइम कलेज र एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी(एआइटी) बीच साझेदारी भएको छ । प्राइम कलेज थाइल्याण्ड स्थित प्रतिष्ठित अन्तराष्ट्रिय स्नातकोत्तर संस्था, एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी एआइटीसँग नयाँ ग्राउन्ड ब्रेकिंग साझेदारी घोषणा भएको हो । यो सहकार्यले प्राइम कलेजको शैक्षिक उत्कृष्टतालाई अगाडि बढाई विद्यार्थीहरूलाई शैक्षिक अवसरहरू र विश्वव्यापी पहुँच पुर्याउन मद्दत पुग्ने छ ।  

यस साझेदारीले विद्यार्थीहरूलाई संयुक्त स्नातक र स्नातकोत्तर कार्यक्रमका दुबै डिग्रीहरू छ वर्षभन्दा कम समयमै पूरा गर्न सक्षम बनाउने अवसर प्राप्त हुने कलेजले जनाएको छ । यो समझदारीबाट विश्व स्तरीय शिक्षा र महत्वपूर्ण आर्थिक सहयोग प्राप्त हुने र  विद्यार्थीहरूले ब्क्ष्त् मा आफ्नो टयूशनमा ५० प्रतिशतभन्दा बढी छात्रवृत्ति प्राप्त गर्ने अवसर पनि पाउने कलेजले जनाउको छ । यस पहलले विद्यार्थीहरूलाई आफ्नो स्नातक डिग्री पूरा गरे लगत्तै मास्टरको अध्ययन सुरु गर्न अवसर समेत मिल्ने छ । 

एआइटीको विशिष्ट संकाय र अत्याधुनिक अनुसन्धान सुविधाले प्राइम कलेजका विद्यार्थीहरूले पनि अवसर पाउने छन् । एआइटीमा विविध अन्तराष्ट्रिय विद्यार्थीसँगको अन्तक्रियाबाट नोपली विद्यार्थीहरूलाई विभिन्न संस्कृतिहरूसंग परिचित गराउने मौका समेत मिल्ने छ । शैक्षिक अनुभवलाई समृद्ध बनाउने र विश्वव्यापी मानसिकतालाई बढावा दिनेछ। यस प्रकारको अनुभव विद्यार्थीहरूलाई विश्वव्यापी बजारमा सफल क्यारियरको लागि तयार गर्न महत्वपूर्ण योगदान दिने कलेजले विश्वास लिएको छ ।