काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले करोडौँ मूल्य बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ६ रेल्वेरोड बस्ने रामप्रसाद बैरेको घरमा कोठा भाडा लिई बस्ने भारतका सुदामा प्रसादको कोठाबाट चार करोड ८६ लाख २४ हजार रुपैयाँ बराबरको ‘भेप’ बरामद गरिएको हो ।
उनले अनाधिकृतरुपमा उक्त ‘भेप’ भण्डारण गरेका थिए । उनको कोठाबाट ७६ कार्टुन ‘भेप’ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।