शीर्षकहरू

हिमालयन रि–इन्स्योरेन्सले पायो ‘ए’ रेटिङ

हिमालयन रि–इन्स्योरेन्सले पायो ‘ए’ रेटिङ

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले ‘ए’ रेटिङ पाएको छ । यसअघि ए माइनस रेटिङ पाएको हिमालयन रि–इन्स्योरेन्सलाई  इक्रा नेपालले ‘ए’ रेटिङ दिएको हो । 

काठमाडौंको महाराजगञ्जमा मुख्य कार्यालय रहेको यस कम्पनीलाई इक्राले वित्तीय दायित्व तथा समयमै सेवा प्रवाहमा स्तरियता रहेको भन्दै रेटिङमा स्तरोन्नति गरेको जनाएको छ । यस कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणमा समेत जारी गरेको थियो ।    

यस कम्पनीले नेपाल तथा विदेशमा रहेका लाइफ र जनरल इन्स्योरेन्स कम्पनीहरूलाई पुनर्बीमा सहयोग उपलब्ध गराउने गरेको छ ।