काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले नेतृत्व सम्हालेयता प्राधिकरणले ८२ अर्ब नाफा कमाएको बताएका छन् ।
शुक्रबार आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आज नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी उनले हाल प्राधिकरण ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा रहेको बताए । आफू आउनुअघि प्राधिकरण ३४ अर्ब ६१ करोड रुपैयाँ घाटामा रहेको बताउँदै उनले ८ वर्षमा ८२ अर्ब नाफा प्राधिकरणले कमाएको बताए ।
उनले भने, 'आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले. ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ ।'