शीर्षकहरू

सर्वोत्तम सिमेन्टको शेयर आगामी असोज ५ गतेसम्म लकइनमा रहने

सर्वोत्तम सिमेन्टको शेयर आगामी असोज ५ गतेसम्म लकइनमा रहने

काठमाडौं । सर्वोत्तम सिमेन्टले बिहीवार योग्य संस्थागत लगानीकर्ता र म्युचुअल फण्ड तर्फको शेयरको लइकन अवधिका सम्बन्धमा सूचना जारी गरेको थियो । यी दुई समूह अन्तर्गतका कुल २५ लाख ५४ हजार २२७ कित्ता शेयरको लइकन अवधि आगामी भदौ २५ गतेपछि सकिने जानकारी दिदैं कम्पनीले बिहीवार सूचना जारी गरेको थियो ।

शुक्रबार पुनः सूचना जारी गर्दै कम्पनीले लकइन अवधिका सम्बन्धमा भएको भुलसुधारलाई सच्याएको छ । कम्पनीको योग्य संस्थागत लगानीकर्ताको स्वामित्वमा रहेको २४ लाख कित्ता शेयर आगामी असोज ५ गतेसम्म लकइनमा रहने जानकारी दिएको हो ।

यसअघिको सूचना बमोजिम सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को स्वामित्वमा रहेको १ लाख ५४ जार २२७ कित्ता शेयरको लइकन भने भदौ २५ गतेपछि सकिने भएको छ । 

लइकन अवधि सकिएपछि सम्बन्धित शेयरधनीहरूले यी शेयर कारोबार गर्न सक्नेछन् । नेपाल धितोपत्र बोर्डले २०८० साल कात्तिक २५ गतेदेखि सर्वसाधारण तर्फ कायम हुने सामूहिक लगानीकोषले आफ्नो स्वामित्वमा रहेको शेयर सर्वसाधारणमा बाँडफाँट भएको ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्था गरेको थियो । 

सोही व्यवस्था बमोजिम कम्पनीको सामूहिक लगानीकोषको स्वामित्वमा रहेको उल्लेखित कित्ता शेयर गत फागुन २५ गतेदेखि लकइनमा रहेको थियो । कम्पनीले सर्वसाधारणमा गत २५ गते आईपीओ बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको शेयर गत चैत ५ गते सूचीकृत भएको थियो ।

यस कम्पनीले योग्य संस्थागत लगानीकर्तामा प्रतिकित्ता ४०१ रूपैयाँ र सर्वसाधारणमा सो मूल्यभन्दा १० प्रतिशत कम ३६० रुपैयाँ ९० पैसामा आईपीओ विक्री गरेको हो ।