शीर्षकहरू

तीन कम्पनीले बिक्रीमा ल्याए संस्थापक शेयर

तीन कम्पनीले बिक्रीमा ल्याए संस्थापक शेयर

काठमाडौं । शुक्रबार एक वाणिज्य बैंक सहित तीन कम्पनीहरूले संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । सिटिजन्स बैंकले २ लाख २० हजार कित्ता, समता घरेलु लघवित्तले २० हजार कित्ता र नेपाल लाइफ इन्योरेन्सले १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका हुन् । 

यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा इच्छुक खरीदकर्ताहरूले आवश्यक कागजात सहित आवेदन दिनुपर्नेछ । सिटिजन्स बैंकले शेयरको मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकेको छ । 

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा आवेदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । समता घरेलु लघुवित्तका लागि केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोक, बनेपा र नेपाल लाइफ इन्स्योरेन्सका लागि केन्द्रिय कार्यालय कमलादी ,काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

यी दुई कम्पनीले भने शेयरको मूल्य तोकेका छैनन् । आगामी ३५ दिनभित्र सम्बन्धित कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा बिक्री प्रक्रिया अघि बढाईने जानकारी समेत सम्बन्धित कम्पनीले दिएका छन् ।