काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले पुराना ११ वर्षको नगद लाभांंश बुझिलिन सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । शुक्रवार सूचना जारी गर्दै कम्पनीले आर्थिक वर्ष ०६३/६४ देखि आर्थिक वर्ष ०७४/७५ सम्मको नगद लाभांश बुझ्न बाँकी सदस्यहरूलाई जतिसक्दो चाडो बुझ्न आग्रह गरेको हो ।
आगामी ३५ दिनभित्र सम्बन्धित शेयरधनीहरूले आवश्यक कागजातका कम्पनीको शेयर रजिष्ट्रार हिालयन क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा सम्पर्क राख्न कम्पनीले भनेको छ । तोकिएको अवधिभित्र सम्पर्कमा उल्लेखित वर्षको बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले दिएको छ ।
पाँच वर्ष पुरानो नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने व्यवस्था रहेको छ । साथै आर्थिक वर्ष ०७५/७६ देखि ०७९/८० सम्म पनि कतिपय लगानीकर्ताले नगद लाभांश बुझ्न बाँकी रहेकाले सो का लागि पनि कम्पनीको शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न कम्पनीले जनाएको छ ।